2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गुफाभित्र अड्कीएको सव चार दिन पछि निकालियो, वैज्ञानिकको अथक प्रयास

नरी बडु, चैत्र ५ बैतडी ।
बैतडीको पातालभुमेश्वर गुफा भित्र अड्कीएको सव लाई आज चौथो दिन निकालिएको छ ।
वैज्ञानिक भनेर चिनिने अर्थात बैतडीको दुर्गास्थानका भुवन भट्ट को अथक प्रयास, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियको प्रयासबाट उक्त सव आज निकालिएको हो ।

उक्त सव जिल्लाको पाटन नगरपालीका १० का भरत बहादुर चन्दको भएको पुष्टी समेत भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख मोहन प्रसाद पोखरेलले बताउनुभयो ।

मंगलबार बाट निकाल्न प्रयास गरीएको सव आज उक्त प्रयासबाट निकालिएको उहाँले बताउनुभयो । हरेक काम नयाँ तरीकाले गर्ने अर्थात स्थानिय स्तरमा वैज्ञानिक भनेर चिनिने भुवन भट्टले आजको दिन जसरीपनि सव निकाल्ने अठोट गरेका थिए ।

यसर अठाट अनुसार विगत ४ दिनदेखि निकाल्न नसकिएको सव निकालेपछि भट्टको चौतर्फी प्रसंसा भएको छ । अहिले सवको मुजुल्का बनाउने काम सकिएको र सवलाई पोष्टमाटम गरी परिवारको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर कृष्ण साउदले बताउनुभयो ।

“मंगलबारबाट शवलाई गुफा बाहिर निकाल्नका लागि थालिएको प्रयास आज सार्थक भयो” जिल्ला प्रहरी प्रमुख पोखरेलले भने । उक्त सव निकाल्नमा जिल्ला स्थीत नेपाल प्रहरी, कैलालीको अत्तरीयाबाट आएको ससस्त्रको विषेश टोली र स्थानियको अहम भुमिका रहेको छ । सव करीब डेढ किलोमिटर गहिरोमा फसेको थियो ।

मंगलबार उक्त घटना सुन्ने बेलादेखि मलिन मुद्रामा देखिएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी प्रमुख लगायतका व्यक्तिहरुपनि प्रयास सफल भएपछि सामान्य मुद्रामा फर्किएका छन् ।

पातालभुमेश्वर गुफालाई दक्षिण एसीयाकै लामो गुफा भनेर यसअघि नै फ्रान्सेली गुफा बिशेषज्ञहरुले बताएका थिए । तर अहिले सम्म सो गुफाभित्र कोही मानिस फसेर मरेको घटना नभएपनि पातालभुमेश्वर गुफाभित्र गएर मानिस मरेको यो पहिलो घटना भएको स्थानीय जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई