पर्वत । हरेक बर्षझै यस बर्ष पनि हात्तिपाइले रोगको औषधी खुवाउने अभियान शुरु भएको छ । सातौ पटक सम्म हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गराउँदा पनि जिल्लामा हात्तीपाइले रोगका जिवाणू फेला परेपछि सो औषधी आठौ पटक खुवाउन लागिएको हो ।"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । हरेक बर्षझै यस बर्ष पनि हात्तिपाइले रोगको औषधी खुवाउने अभियान शुरु भएको छ । सातौ पटक सम्म हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गराउँदा पनि जिल्लामा हात्तीपाइले रोगका जिवाणू फेला परेपछि सो औषधी आठौ पटक खुवाउन लागिएको हो ।"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

तीस जिल्लाका १ करोड पाँच लाखलाई हात्तीपाइले रोगको औषधी खुवाइदै

२०७३, ५ चैत्र शनिबार ०५:४५

पर्वत । हरेक बर्षझै यस बर्ष पनि हात्तिपाइले रोगको औषधी खुवाउने अभियान शुरु भएको छ । सातौ पटक सम्म हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गराउँदा पनि जिल्लामा हात्तीपाइले रोगका जिवाणू फेला परेपछि सो औषधी आठौ पटक खुवाउन लागिएको हो ।

यहि चैत्र  ५,६ र ७ गते पर्वतमा  यो अभियान संचालन हुने छ र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो ।

हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने अभियान अन्तरगत पर्वतमा झण्डै १ लाख ३६ हजार ७ सय १० जनालाई औषधी खुवाउने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गरी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जिल्लाको कुल जनसंख्या १ लाख ४६ हजार ९ सय ६२ मध्ये एक लाख ३६ हजार भन्दा बढि मानिसहरुलाई हात्ती पाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भैराखेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. फणिन्द्र बरालले जानकारी दिए । 

अभियानअन्तर्गत जिल्लमा तीन दिन सम्म अभियान संचालन हुने र सोकालागि  एक हजार ५ सय १६ जना स्वयमसेवक परिचालन हुनेछन् । जसमा स्वास्थ्यकर्मी ३ सय ७९, स्वयमसेवक १०५०, चिकित्सक ६२ र निरिक्षक २५ जना खटाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई सो सम्बन्धी तालिम दिएर कार्यक्रममा खटाउने आयोजकले जनाएको छ । पर्वत जिल्लाको खानीगाउँमा ३ सय जना मध्ये २ र पाङमा ३ सय जनामा १३ जनामा यो रोगको लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङक छ । रोग निवारणको लागि जिल्लामा यो अभियान संचालन गर्नको लागि ६८ लाख रकम विनियोजन भएको जनाइएको छ । 

पहिलो दिन  जिल्लाका विभिन्न बुथबाट औषधि खुवाउने, दोस्रो र तेस्रो दिन घरदैलो भने घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला अस्पताल पर्वतका प्रमुख बरालले बताए । 

अभियान अन्तरगत पर्वत, म्याग्दी, बाग्लुङ,  पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुलामा औषधी खुवाइदै छ ।

 नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ । जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम समाप्त भइसकेको छ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।

रोग सर्ने तरिका 

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।


रोगका लक्षण 

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ। साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ । 

औषधी खान नहुने समुह ः 

२ बर्ष नपुगेका बालबालिकाहरु । 

गर्भवती र सात दिनसम्मका सुत्केरी आमाहरु 

सिकिस्त विरामीहरु(जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधी सेवन गरिराखेको जस्तो क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घरोगी, मुगी(छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाहरु


सावधानीः  

 ७० बर्ष भन्दा माथिका बृद्ध–बृद्धाहरुलाई स्वास्थ्यकर्मीले राम्ररी स्वास्थ्य जाँच गरेर मात्र औषधी खुवाउनुपर्छ । आम औषधी सेवन अभियानको समयमा औषधी खान छुटेका तथा रोगी व्यक्तिहरु रोग निको भए पछि संबन्धित स्वास्थ्य संस्थामा गई औषधी सेवन गर्न सक्नेछन् ।


याद गर्नुहोस् ः  

 यो रोगको लक्षण भएको रोगीलाई औषधी सेवन गरेपछि हल्का ज्वरो आउने तथा रिगटा लाग्ने ,वाकवाक आउने, पखला लाग्ने, टाउको दुख्ने, शरिर चिलाउने, हल्का शरिरमा    विमिरा देखिने हुन सक्छ तर आत्तिनुपर्ने आवश्यक छैन । यदि औषधी सेवन गरेपछि अप्ठेरो महसुस भयो भने नजिकको स्वास्थ्य केन्द्र वा संस्थामा सम्पर्क  राख्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली