दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार"/>

2026-10-27 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिविस गाउँपालिका विघटनपछि गाउँपालिका मार्फत काम सुरु


दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार गाउँ पालिका स्थापना गरि स्थानीय तहका काम सुचारु हुन थालेका छन ।

पुराना स्थानीय निकायको खारेजी पछि गाविस र जिविस मार्फत काम कसरी गर्ने भन्ने विषयमा अन्यौलता बढिरहेको भने पनि जिल्ला विकास समितिले राज्यको नयाँ संरचना अनुसार जिल्लामा कायम गरिएका गाउँ पालिका र नगर पालिकामा जिल्ला समन्वय समितिले कार्यकारी अधिकृत  तोकि स्थानीय निकायका कामहरु सुचारु गर्न निर्देशन दिएको जनाएको छ । समन्वय समितिले जेष्ठता र योग्यताका आधारमा तिनवटा गाउँ पालीका र एउटा नगरपालीकाका लागि कार्यकारी अधिकृत खटाएको छ । 

रारा छायानाथ नगरपालिकामा नन्दबहादुर , सोरु गाउँ पालिकाका लागि राजेन्द्र महत, खत्याड गाउँ पालिकाका लागि अमृत शाही र करान गाउँ पालिकाका लागि मणिचन्द्र कार्कीलाई खटाएको जिल्ला समन्वय समितिका संयोजक बिजयराज पौडेलले जनाएको छ ।

सरकारले वडा पालिका तथा गाउँ पालिकाका लागि थप कर्मचारी नपठाउदासम्म समितिले तोकेर पठाएका गाउँ पालिका कार्यकारी अधिकृत र वडा पालिकामा पहिलेका गाविस सचिवलाई काम चलाउन निर्देशन दिएको जिल्ला समन्वय समितिका संयोजक विजयराज पौडेलले जानकारी दिए ।

 जिल्ला विकास समितिले र रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार काम गर्ने गरि कार्यालय स्थापना गरि सकेका छन । जिल्ला समन्वय समितिले गाउँ पालिकाहरुमा कर्मचारी खटनपटन गरिरहेको छ भने सदरमुकाम गमगढी क्षेत्रमा रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार कार्यालय स्थापना गरि जन्म दर्ता , मृत्यु दर्ता , नागरिकता तथा राहदानीका सिफारिस गर्ने लगायतका कामहरु सुरु गरि सकेको जनाएको छ । 

सात गाविस रहेको सोरु गाउँ पालिका, पाँच गाविस रहेको करान गाउँ पालिकामा काार्यकारी अधिकृत तोकिए पनि कार्यालय स्थापना कहिले हुन्छ भन्ने जानकारी आएको छैन । उता सात गाविसको खत्याड गाउँ पालिकाले चैत्र पाँच गते कार्यालय स्थापना गरिने जनाएको छ ।  

नगर पालिकाले नयाँ संरचना अनुसार काम सुरु गरे पनि नगर पालिका भित्र पर्ने १४ वटा वडा पालिकाका लागि छाप, रजिष्टर , लेटर प्याड छाप्ने काम गरे पनि यथ्यष्ट रुपमा नयाँ संरचना अनुसार कसरी काम गर्ने भन्ने निती निर्देशन प्राप्त नभएकाले काम गर्न केही अन्यौलता रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने