नरी बडु, चैत्र ६ बैतडी ।
बैतडीको पाटन नगरपालीका १३ स्थीत सदरमुकाम आउने रोडको तलतिर भेटिएको वेवारीसे सवको अझै पहिचान भएको छैन् ।
आज बिहान गिट्टी कुट्ने महिलाहरुले देखेको सवको बेलुकासम्मपनि पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर कृष्ण साउदले बताउनुभयो ।
साउदका अनुसार दारी पालेको, कपाल लट्ठा परेको र अन्दाजि ६०–६५ वर्षको वेवारीसे सव आज आज बिहान पाटन नगरपालीका १३ स्थीत सडक डिभिजन कार्यालयको नजिकै रहेको रोड तलतीर वेवारीसे अवस्थामा स्थानिय महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त सव अहिले इलाका स्वास्थ्य कार्यालय पाटनको लासघरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन प्रसाद पोखरेलले बताउनुभयो ।