सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस सोसाईटि प्युठान शाखाको ३१औँ जिल्ला सभा सम्पन्न

५ चैत्र २०७३, शनिबार १५:५१

सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ । 

दाखाक्वाडी उपशाखाको आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी प्युठान शाखाको आयोजनामा सम्पन्न जिल्ला शभाको अधिवेशनले आगामि वर्षको लागी प्रस्तावित कार्यक्रमहरु र प्रस्तुत प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई संसोधन सहित पारित गरेको छ ।

सभाले आगामि वर्षको लागी रेडक्रसका नियमित गतिविधीका अलवा जिल्ला स्तरिय प्र.अ गोष्टि धर्मावती उपशाखाको आथिथ्तामा गर्ने, जिल्ला स्तरिय उपशाखा गोष्ठि मच्छी उपशाखाले र जिल्ला स्तरिय महिला शशक्तिकरण गोष्ठि विजयनगर उपशाखाले गर्ने निर्णय गरेको छ ।

त्यसैगरि आँखा सिविर भिग्री उपशाखाले गर्ने तथा विजुवार उपशाखाकोे  भवन निर्माणका लागि पनि सवै उपशाखाहरु मार्फत सक्दो सहयोग गर्ने निर्णय गरेको छ । 

रेडक्रसका गतिविधीहरुलाई थप चलाएमान गराउन हालका साखा सभापति गुमानराज पुलामी र श्रीमती राधा पुलामी मार्फत शाखामा रहने गरि तुलक स्मृति पुरुष्कार कोष स्थापना गरिएको र सो कोषको सञ्चालनका लागि कार्यविधी समेत सभाले पारित गरेको छ ।

हाल सो कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया रहने र प्राप्त व्याजवाट वार्षिक रुपमा उत्कृष्ट कार्य गर्ने  १ जना शिक्षक नायक, १ जना स्वयमसेवक तथा १ जना जुनियर्स युवा स्वयमसेवक लाई पुरस्कृत गरिने कोषका संस्थापक एंव शाखा सभापति पुलामीले जानकारी गराउनु भयो । 

सोही अवसरमा वर्षभरि उत्कृष्ट कार्य गर्ने स्वयमसेवक, शिक्षक नायक, संरक्षक, रक्तदाता, स्वास्थ्य क्षेत्रवाट उल्लेखनिय योगदान पुर्याउने डा. समिर लामा, पूर्व जिल्ला कार्यसमितीका मन्त्रि गोविन्द रिजाल लगाएत उपशाखा तथा जुरेस सर्कलहरुलाई सम्मान पत्र तथा कदर पत्र प्रदान गरिएको थियो । 

शाखाका  सभापति गुमानराज पुलामीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता, रेडक्रस प्युठानका संस्थापक एंव पूर्व गृह सहायक मन्त्रि टंक वहादुर विष्टको विषेश आथिथ्यता रहेको कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनितीदलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाउतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शाखाका मन्त्रि दामोदर शर्माले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान