सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस सोसाईटि प्युठान शाखाको ३१औँ जिल्ला सभा सम्पन्न

२०७३, ५ चैत्र शनिबार १५:५१

सागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ । 

दाखाक्वाडी उपशाखाको आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी प्युठान शाखाको आयोजनामा सम्पन्न जिल्ला शभाको अधिवेशनले आगामि वर्षको लागी प्रस्तावित कार्यक्रमहरु र प्रस्तुत प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनलाई संसोधन सहित पारित गरेको छ ।

सभाले आगामि वर्षको लागी रेडक्रसका नियमित गतिविधीका अलवा जिल्ला स्तरिय प्र.अ गोष्टि धर्मावती उपशाखाको आथिथ्तामा गर्ने, जिल्ला स्तरिय उपशाखा गोष्ठि मच्छी उपशाखाले र जिल्ला स्तरिय महिला शशक्तिकरण गोष्ठि विजयनगर उपशाखाले गर्ने निर्णय गरेको छ ।

त्यसैगरि आँखा सिविर भिग्री उपशाखाले गर्ने तथा विजुवार उपशाखाकोे  भवन निर्माणका लागि पनि सवै उपशाखाहरु मार्फत सक्दो सहयोग गर्ने निर्णय गरेको छ । 

रेडक्रसका गतिविधीहरुलाई थप चलाएमान गराउन हालका साखा सभापति गुमानराज पुलामी र श्रीमती राधा पुलामी मार्फत शाखामा रहने गरि तुलक स्मृति पुरुष्कार कोष स्थापना गरिएको र सो कोषको सञ्चालनका लागि कार्यविधी समेत सभाले पारित गरेको छ ।

हाल सो कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया रहने र प्राप्त व्याजवाट वार्षिक रुपमा उत्कृष्ट कार्य गर्ने  १ जना शिक्षक नायक, १ जना स्वयमसेवक तथा १ जना जुनियर्स युवा स्वयमसेवक लाई पुरस्कृत गरिने कोषका संस्थापक एंव शाखा सभापति पुलामीले जानकारी गराउनु भयो । 

सोही अवसरमा वर्षभरि उत्कृष्ट कार्य गर्ने स्वयमसेवक, शिक्षक नायक, संरक्षक, रक्तदाता, स्वास्थ्य क्षेत्रवाट उल्लेखनिय योगदान पुर्याउने डा. समिर लामा, पूर्व जिल्ला कार्यसमितीका मन्त्रि गोविन्द रिजाल लगाएत उपशाखा तथा जुरेस सर्कलहरुलाई सम्मान पत्र तथा कदर पत्र प्रदान गरिएको थियो । 

शाखाका  सभापति गुमानराज पुलामीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता, रेडक्रस प्युठानका संस्थापक एंव पूर्व गृह सहायक मन्त्रि टंक वहादुर विष्टको विषेश आथिथ्यता रहेको कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनितीदलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाउतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शाखाका मन्त्रि दामोदर शर्माले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ