2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पाटनमा खेल मैदानको लागि सम्भाव्यता अध्ययन

भगिरथ अवस्थी, चैत्र ७ बैतडी । जिल्लाको पाटन नगरपालिका –९ भरतपुरमा खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

राष्ट्रिय स्तरको खेलमैदान निर्माणका लागि प्रमुख जिल्ला अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष लगायत नगरपालिकाका प्राविधिक टोलीले निरीक्षण गरेको हो ।

खेलमैदान निर्माणका लागि उपयुक्त ठाउँ रहेको निरीक्षण पछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन, मालपोत कार्यालय, नापी शाखा, जिल्ला वन कार्यालय र खेलकुद विकास समितिको बैठक बसी खेलमैदान निर्माणका लागि योजना बनाइने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन भण्डारीले बताए ।

खेलमैदान निर्माणका लागि बनेको योजना युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिने उनले बताए । मन्त्रालयमा योजना पेश भएपछि मन्त्रीपरिषदको निर्णयबाट खेल मैदान निर्माणको कार्य शुरु हुने छ ।

खेलमैदान अभावमा जिल्लाको खेलकुद क्षेत्र पछि परेको भन्दै अध्यक्ष भण्डारीले खेलडीलाई अभ्यास गर्न र खेल खेलाउनको लागि मैदानको आवश्यकता रहेको औल्याए । खेल मैदानको योजना बनेपछि चालु आर्थिक बर्षमै निर्माणकार्य सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई