३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पाटनमा खेल मैदानको लागि सम्भाव्यता अध्ययन

८ चैत्र २०७२, सोमबार ०१:४५

भगिरथ अवस्थी, चैत्र ७ बैतडी । जिल्लाको पाटन नगरपालिका –९ भरतपुरमा खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

राष्ट्रिय स्तरको खेलमैदान निर्माणका लागि प्रमुख जिल्ला अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष लगायत नगरपालिकाका प्राविधिक टोलीले निरीक्षण गरेको हो ।

खेलमैदान निर्माणका लागि उपयुक्त ठाउँ रहेको निरीक्षण पछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन, मालपोत कार्यालय, नापी शाखा, जिल्ला वन कार्यालय र खेलकुद विकास समितिको बैठक बसी खेलमैदान निर्माणका लागि योजना बनाइने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन भण्डारीले बताए ।

खेलमैदान निर्माणका लागि बनेको योजना युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिने उनले बताए । मन्त्रालयमा योजना पेश भएपछि मन्त्रीपरिषदको निर्णयबाट खेल मैदान निर्माणको कार्य शुरु हुने छ ।

खेलमैदान अभावमा जिल्लाको खेलकुद क्षेत्र पछि परेको भन्दै अध्यक्ष भण्डारीले खेलडीलाई अभ्यास गर्न र खेल खेलाउनको लागि मैदानको आवश्यकता रहेको औल्याए । खेल मैदानको योजना बनेपछि चालु आर्थिक बर्षमै निर्माणकार्य सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली