महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/>
८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम (फोटोफिचर)

६ चैत्र २०७३, आईतवार ०४:३५

महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । 

युवाहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमतावान बनाउने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष आरसी पौडेलले बताए । 


उनले सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत युवापुस्ताहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमताको अभिवृद्धि गराउनको लागि तालिमको आयोजना गरिएको बताए ।

१८ देखि ३० बर्षभन्दा मुनिका युवाहरु मिलेर संगठित क्लब भएको र सोही अनुसार युवापुस्तामा लिडरशिपको विकास गराउनको लागि तालिमको आयोजना गरिएको उनले जनाए । आजको सहारान्यूजमा खबर छ ।


सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम तथा गतिविधि संचालन भैसकेको सप्ताहव्यापी कार्यक्रम मूल संयोजक एवं आगामी क्लबका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । 

उनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत उद्घाटनपछि चैत्र १ गते पर्यटन प्रवद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना , तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चियर वितरण तथा स्टेसनरी सामाग्री वितरण , त्यस्तै  चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको जनाए । 


त्यस्तै पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लुङकोटका लागि एक सय थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको र छैठौ दिनमा युवापुस्तालाई लक्षित व्यक्तित्व र नेतृत्व विकास तालिमको आयोजना गरिएको बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तिम दिन अर्थात आइतबार विहान ट्राफिक सचेतना तथा सरसफाइका लागि सन्देशमुलक बोर्ड स्थापना गरिने र बेलुका साँझमा कार्यक्रम समापन हुने जनाए ।


क्लबका अध्यक्ष आरसी पौडेलको अध्यक्षतामा भएको सो तालिमको संयोजकका रुपमा प्रकाश पौडेल रहेका थिए । उनले रोट्याकको अभियाननै युवाहरुको नेतृत्व विकास गरी समाजमा अग्रसर गराउने रहेकोले सोही अनुसार तालिमको आयोजना गरिएको बताए ।


तालिमको सहजिकरण लोकतान्त्रिक गैससका अध्यक्ष गणेशबहादुर क्षेत्री, प्रेस चौतारीका निर्वतमान अध्यक्ष एवं रोटरी क्लब अध्यक्ष गणेश पौडेल, क्लबका पूर्व अध्यक्ष विनोद आचार्य, केदरनाथ आचार्यले गरेका थिए ।  आरसी पौडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रकाश पौडेल र संचालन सचिव गणेश पौडेल ले गरेका थिए ।कार्यक्रममा  २६ जना सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने