महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम (फोटोफिचर)

२०७३, ६ चैत्र आईतवार ०४:३५

महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । 

युवाहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमतावान बनाउने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष आरसी पौडेलले बताए । 


उनले सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत युवापुस्ताहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमताको अभिवृद्धि गराउनको लागि तालिमको आयोजना गरिएको बताए ।

१८ देखि ३० बर्षभन्दा मुनिका युवाहरु मिलेर संगठित क्लब भएको र सोही अनुसार युवापुस्तामा लिडरशिपको विकास गराउनको लागि तालिमको आयोजना गरिएको उनले जनाए । आजको सहारान्यूजमा खबर छ ।


सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम तथा गतिविधि संचालन भैसकेको सप्ताहव्यापी कार्यक्रम मूल संयोजक एवं आगामी क्लबका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । 

उनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत उद्घाटनपछि चैत्र १ गते पर्यटन प्रवद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना , तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चियर वितरण तथा स्टेसनरी सामाग्री वितरण , त्यस्तै  चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको जनाए । 


त्यस्तै पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लुङकोटका लागि एक सय थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको र छैठौ दिनमा युवापुस्तालाई लक्षित व्यक्तित्व र नेतृत्व विकास तालिमको आयोजना गरिएको बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तिम दिन अर्थात आइतबार विहान ट्राफिक सचेतना तथा सरसफाइका लागि सन्देशमुलक बोर्ड स्थापना गरिने र बेलुका साँझमा कार्यक्रम समापन हुने जनाए ।


क्लबका अध्यक्ष आरसी पौडेलको अध्यक्षतामा भएको सो तालिमको संयोजकका रुपमा प्रकाश पौडेल रहेका थिए । उनले रोट्याकको अभियाननै युवाहरुको नेतृत्व विकास गरी समाजमा अग्रसर गराउने रहेकोले सोही अनुसार तालिमको आयोजना गरिएको बताए ।


तालिमको सहजिकरण लोकतान्त्रिक गैससका अध्यक्ष गणेशबहादुर क्षेत्री, प्रेस चौतारीका निर्वतमान अध्यक्ष एवं रोटरी क्लब अध्यक्ष गणेश पौडेल, क्लबका पूर्व अध्यक्ष विनोद आचार्य, केदरनाथ आचार्यले गरेका थिए ।  आरसी पौडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रकाश पौडेल र संचालन सचिव गणेश पौडेल ले गरेका थिए ।कार्यक्रममा  २६ जना सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली