Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीय"/>
2026-09-19 10:56 PM
पर्बत - PBT

बोनसको चक्करमा भाडा बृद्धि गरेपछि कुश्मा बलेवा यान्त्रिक पुलमा तालाबन्दी

Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारको कर छुटको सहुलियत पाएको कुश्मा बलेवा यान्त्रिक पुलले एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिकाले भाडादर बृद्धि गरी पुलका शेयर सदस्यहरु कमिशन खाने चक्कर लागि जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

यान्त्रिक पुलले चैत्र १ गते देखि लागू हुने गरी ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो । आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैंयासम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा वलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १ सय रहेकामा रु १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो । यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो