२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा निःशुल्क सुरक्षा गार्ड तालिम संचालन

७ चैत्र २०७३, सोमबार ०६:११

विमल धामी/चैत ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आईतवार देखि निःशुल्क युवा सिप विकास तथा सुरक्षा गार्ड तालिम १ महिनाका लागि संचालन गरिएको छ । 

ब्यवसाय तथा सिप विकास तालिम केन्द्र र सामाजिक कल्याण सहायता संघ धनगडीको सहयोमा बेल्डाँडीमा पहिलो पटक यस्तो तालिम संचालन गरिएको सिप विकास केन्द्रले जनाएको छ ।

बेल्डाँडी बाट बैदेशीक रोजगारका लागि थुप्रै युवाहरुले काठमाडौँमा गएर ४०,५० हजार रुपैया सुरक्षा गार्डको तालिममा खर्च गर्ने हुनाले गाउँमै निःशुल्क तालिम दिने ब्यवस्था मिलाएको बेल्डाँडीका नेता हर्क देव जोशीले जानकारी गराउनु भयो । 

उनले भने- 'तालिम प्राप्त भु.पू सैनिक हवलदार भैरव सिह बिष्ट र भु.पू प्रहरी इन्सपेक्टर नारायण ठगुन्ना बाट तालिम दिनलागेको बताए । अर्का काग्रेस नेता जनक धामीले भने बैदेशीक रोजगारका लागि मात्र यो तालिम नभएर सोदेशमा पनि रोजगारका लागि यो तालिम काम लाग्ने बताए । यो तालिम गरेको प्रमाण पत्र भए विभिन्न ठाउँमा काम लाग्ने हुनाले तालिम लाई मर्यादित तरिकाले ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो ।

सहभागिहरुले भने यो तालिमले भन्दा पनि हामीलाई प्रमाणको अति आवस्यत्ता रहेको बताए । सहभागि लोकेन्द्र धामीले भने आफुले सुरक्षा गार्ड तालिम यो भन्दा पहिले लिईसकेको तर प्रमाण पत्रका लागि फेरि तालिम लिन लागेको बताए । 

प्रमाण पत्र भयो भने जुनसुकै ठाउँमा पनि काम लाग्ने हुनाले सबैले तालिम लिनु पर्ने उनको जोड रहेको छ । यसरी निःशुल्क गाउँमै पनि यस्तो ब्यवस्था गरेको देख्दा विदेश तथा सोदेशमा बसेका युवाहरुमा थप उर्जा पलाएको छ । गाउँमा तालिम सुरु भएको हुदा तालिम हेर्नेहरुको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो