2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा निःशुल्क सुरक्षा गार्ड तालिम संचालन

विमल धामी/चैत ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आईतवार देखि निःशुल्क युवा सिप विकास तथा सुरक्षा गार्ड तालिम १ महिनाका लागि संचालन गरिएको छ । 

ब्यवसाय तथा सिप विकास तालिम केन्द्र र सामाजिक कल्याण सहायता संघ धनगडीको सहयोमा बेल्डाँडीमा पहिलो पटक यस्तो तालिम संचालन गरिएको सिप विकास केन्द्रले जनाएको छ ।

बेल्डाँडी बाट बैदेशीक रोजगारका लागि थुप्रै युवाहरुले काठमाडौँमा गएर ४०,५० हजार रुपैया सुरक्षा गार्डको तालिममा खर्च गर्ने हुनाले गाउँमै निःशुल्क तालिम दिने ब्यवस्था मिलाएको बेल्डाँडीका नेता हर्क देव जोशीले जानकारी गराउनु भयो । 

उनले भने- ‘तालिम प्राप्त भु.पू सैनिक हवलदार भैरव सिह बिष्ट र भु.पू प्रहरी इन्सपेक्टर नारायण ठगुन्ना बाट तालिम दिनलागेको बताए । अर्का काग्रेस नेता जनक धामीले भने बैदेशीक रोजगारका लागि मात्र यो तालिम नभएर सोदेशमा पनि रोजगारका लागि यो तालिम काम लाग्ने बताए । यो तालिम गरेको प्रमाण पत्र भए विभिन्न ठाउँमा काम लाग्ने हुनाले तालिम लाई मर्यादित तरिकाले ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो ।

सहभागिहरुले भने यो तालिमले भन्दा पनि हामीलाई प्रमाणको अति आवस्यत्ता रहेको बताए । सहभागि लोकेन्द्र धामीले भने आफुले सुरक्षा गार्ड तालिम यो भन्दा पहिले लिईसकेको तर प्रमाण पत्रका लागि फेरि तालिम लिन लागेको बताए । 

प्रमाण पत्र भयो भने जुनसुकै ठाउँमा पनि काम लाग्ने हुनाले सबैले तालिम लिनु पर्ने उनको जोड रहेको छ । यसरी निःशुल्क गाउँमै पनि यस्तो ब्यवस्था गरेको देख्दा विदेश तथा सोदेशमा बसेका युवाहरुमा थप उर्जा पलाएको छ । गाउँमा तालिम सुरु भएको हुदा तालिम हेर्नेहरुको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो