Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेगखोलामा खेलमैदान निर्माण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ७, म्याग्दी ।</b> बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ ।&nbsp;<br></p><p>बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले जानकारी दिनुभयो ।&nbsp;</p><p>दोस्रो चरणमा प्याराफिट निर्माण लक्ष्य रहेको बेगखोला युवा क्लबका अध्यक्ष ठगप्रसाद फगामीले बताउनुभयो । प्याराफिट र स्टेज निर्माणका लागि आर्थिक स्रोत जुटाउन अभियान थालिएको छ । रासस&nbsp;</p>