चैत ७, बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । 

विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । 

विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्र"/>

2026-09-19 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनमा सिकारको याम सुरु

चैत ७, बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । 

विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । 

बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेको छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् । नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । 

“झारल सिकारको दर अहिलेसम्मकै बढी हो,” उहाँले भन्नुभयो । 

महँगो रकम तिरेर झारल सिकार अनुमति लिएका हिमालयन सफारी र ट्र्याक एन्ड टे«ल्सले यसै साता सिकार खेलाउने तयारी गरेका छन् । हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’मा एउटा र ट्र्याक एन्ड टे«ल्सले घुस्तुङ ‘ब्लक’मा दुईवटा झारलको सिकार गराउने अधिकृत बरालले बताउनुभयो । 

विदेशी सिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ । आउँदो वैशाखको दोस्रो सातासम्म सिकार चल्नेछ । सिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेका बरालले बताउनुभयो । एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि रु ३० लाखसम्म खर्च गर्ने गरेका छन् । 

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेलिनेछ । निकै कम सिकारी पुग्ने सुनदह ब्लकमा यस याममा ग्लोबल सफारीले नाउरको सिकार गराउने भएको छ । अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो भएका कारण सिकारीलाई त्यहाँ पुग्न कठिनाइ हुन्छ । 

आरक्ष कार्यालयका अनुसार नेपाल वाइल्ड लाइफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रान्सेली सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउनेछ । हिमालयन सफारीले झारलसहित एक नाउर, ट्र्याक एन्ड टे«ल्र्सले दुई झारलसहित दुई नाउर, नेपाल वाइल्ड लाइफ सफारीले तीनवटा नाउर र ग्लोबल सफारीले चारवटा नाउरको सिकार गराउने अनुमति पाएको छ । 

नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । 

यस वर्षको पहिलो सिकारयाम (असोज–मङ्सिर)मा रु ३३ लाख ६८ हजार राजस्व जम्मा भएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई