पढ्न करिब 1 मिनेट लाग्छ

विमल धामी/चैत ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका स्थानिय निकाय पुर्नसंरचना अनुसार गाउँपालिकामा परिणत भएको छ ।

बेल्डाँडी गाउँपालिका भए पछि गाउँपालिका बाट हुने सबैकाम धमधम हुनथालेका छन् । बेल्डाँडी नगरपालिकाको जनसंख्या नपुगेको भन्दै गाउँपालिका बनाईएको बेल्डाँडी वासीहरुको भनाई रहेको छ ।

बेल्डाँडी नगरपालिकाका ११ वटा वडाहरुमध्ये गाउँपालिकाका ५ वडामा सिमित पारेको छ । साविक बेल्डाँडी नपाको १र४ मिलाएर १ नम्वर वडा, २,३र५ मिलाएर २ नम्वर, ६र ७ मिलाएर ३ नम्वर, ८को ४ नम्वर, ९,१०र११ नम्वर मिलाएर ५ नम्वर वडा बनाईएको छ ।

बेल्डाँडी गाउँ कार्यपालिकाले पाँच वटै वडाको जिम्मेवारी तोकेको छ । १र २ वडाको जिम्मा कमला बडाल लाई ३ नं.को तेज बहादुर सुनार, ४र ५ नं.को राज बहादुर बिष्ट लाई जिम्मा दिईएको बेल्डाँडी गाउँपालिकाका नासु राज बहादुर बिष्टले जानकारी दिनु भयो ।

बेल्डाँडीका स्थानियहरु गाउँपालिका भयो भनेर न दुःखीनै देखिएका छन् भने न त खुसिनै देखिएका छन् । बेल्डाँडीका नेताहरुलाई भने चुनाव जित्न समस्या देखिन थालेको स्थानियहरुको भनाई रहेको छ ।