नरी बडु/ चैत्र १२, बैतडी ।
बैतडीमा यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्लामा रहेका परिक्षा केन्द्रहरुमा विद्यार्थिहरुको उत्तरपुस्तीका पुर्याउने काम र केन्द्राध्यक्ष नियुक्ती लगायतका कामहरु सकिएकाले तयारी अन्तिम चरणमा पुगेको हो ।
यस वर्षका एसएलसि परिक्षाको लागि बैतडीमा २५ परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी लालसिह टेरले जानकारी दिनुभयो ।
जिल्लामा यस वर्ष ८ हजार ५ सय १४ जनाले एसएलसी परीक्षा दिन लागेको उहाले बताउनुयभो । नियमित तर्फ २ हजार ७ सय छात्र र २ हजार ८ सय ४७ छात्रा गरी जम्मा ५ हजार ५ सय ४७ परीक्षा दिनलागेका छन ।
त्यस्तै इग्जाम्टेटतर्फ १ हजार १ सय ७० छात्र र १ हजार ७ सय ९६ छात्रा गरी जम्मा ३ हजार ८ सय ७० जनाले परीक्षा दिन लागेको शिक्षा अधिकारी टेरले बताउनुभयो । अब अब पर्सि नियुक्त भएका केन्द्राध्यक्षको लागि लागि प्रशिक्षणको व्यवस्था गरीएको उहाँले बताउनुभयो ।