Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै बैतडीका शङ्करपुरबासी

By kit 3 मिनेट पढाइ

चैत ८, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य भएका छन् ।

सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिनुभयो ।

बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिकरुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नजिक पानीको मुहान नहुँदा कुलोकै दूषित पानी पिउन बाध्य छौँ ।”

यस्तै, कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका छौँ ।”

सुर्नया–६ कै धुलिधारमा रहेको एउटै मुहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुलिधारमा रहेको पानीको मुहान पनि सुक्दै गएको छ ।” त्यस ठाउँका करिब १०० घरधुरी वर्षौंदेखि कुलोको दूषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । रासस