चैत ८, उदयपुर । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, उदयपुर । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्"/>

2026-09-16 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

असिना, हावाहुरीले लिची र आँपमा क्षति


चैत ८, उदयपुर । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । 

अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पु¥याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताउनुभयो । 

दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया र सुन्दरपुर क्षेत्रमा भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पु¥याएको हँडिया राजाबासका स्थानीय राजकुमार प्रधान बताउनुहुन्छ । 

प्रधानले भन्नुभयो, “यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो, आफूहरुको बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदिएको छ, यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको छ ।” 

यता जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरीको भागलपुर क्षेत्रमा समेत असिनाका कारण आँपको फूलमा क्षति पुगेको भागलपुरका डिकबहादुर राई बताउनुहुन्छ । उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ । यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता