२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दनपा प्रमुख बिहीन, छिटो प्रमुख नआए कार्यालयमा तालबन्दि गरीने

१२ चैत्र २०७२, शुक्रबार १३:५७

नरी बडु/चैत्र १२, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालीका विगत महिनौ देखि कार्यालय प्रमुख बिहीन हुदा स्थानिय जनताहरुले सास्ती भोक्नुपरेको छ ।

नगरपालीकामा विगत दुई महिनादेखि कार्यालय प्रमुख नआएपछि विकास निर्माण लगायत विभिन्न कार्यमा स्थानियले सास्ती भोग्नुपरेको हो ।

केहि समय अगाडी नगरपालीकाको कार्यकारीका रुपमा धर्मराज विनाडी काजमा आएपनि उनको छिटै अर्थात दुई महिना अगाडी काज फिता भएपछि नगरपालीका प्रमुख विहिन बनेको हो ।

अहिले नगरपालीका बाट हुने नागरीकता सिफरिस लगायत केहि कामहरु अन्य कर्मचारीहरुले गरेपछि आर्थिक वर्षको बजेट सम्बन्धि कुनैपनि काम हुन नसक्दा समस्या भएको नगरपालीकाका समाजिक विकास साखा प्रमुख विनोद बहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार अहिलेसम्म स्थानिय विकास मन्त्रालयले कसैलाई पनि अक्तियारी नदिउको र यस्तै अवस्था रहे यस वर्षको बजेट फ्रिज जानसक्ने सम्भावना रहेको छ ।

आज बैतडी उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, गैसस महासंघ स्थानिय नागरीक समाज लगायतमा आबद्ध व्यक्तिहरुले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लिलाधर अधिकारी समक्ष यस बारेमा डेलिगेसन दिएका छन् ।

यतिका दिनसम्म पनि कार्यकारी नहुदा समस्या भएको र अझ पनि स्थानिय विकास मन्त्रालयले नगरपालीकामा कार्यकारीको व्यवस्था नगरे नगरपालीकामा तालाबन्दी गर्ने नेपाल उद्योग बाणीज्य संघका अध्यक्ष तथा स्थानिय नरबहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार प्रमुख नहुँदा अहिले उक्त कार्यालयका कर्मचारीले पनि तलब लिन पाएका छैनन् । स्थानिय नागरीक समाजका प्रतिनिधिहरुले छिटो भन्दा छिटो दशरथचन्द नगरपालीकामा कार्यकारीको व्यवस्था गरी स्थानियको सेवा प्रवाहमा सजिलो गर्न माग गरेका छन् ।

डेलिगेसन दिन आएका सरोकारवालाहरुको गुनासोमा बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दशरथचन्द नगरपालीकाको कार्यकारीको सम्बन्धमा आफुले मन्त्रालयमा लिखित रुपमा माग गर्ने बताएका छन् ।

एक आर्को प्रसंगमा अधिकारीले जिल्लामा उपभोक्त समिती संग सम्झौता हुन बाकि योजनाहरु स्थानियले सम्झौता गर्न आएको खण्डमा सरकारी कार्यालयको तर्फबाट आलटाल भए आफुले त्यसतर्फ कदम चाल्ने बताउनुभयो ।

यस्तै डेलिगेसनमा गएको टोलिले नेपाल विद्युत प्राधिकरण बैतडीमा पनि लामो समयदेखि कार्यालय प्रमुख नभएको र प्राधिकरणले अनियमित रुपमा विद्युत कटौती गर्ने भएकाले पनि यस तर्फ ध्यान दिन प्रसासनलाई अग्रह गरेका थिए ।

धेरैजसो कार्यालय प्रमुखहरु अन्य कर्मचारीलाई पठाएर हुने गोष्ठीमा पनि आफै कुदिराख्ने गरेकाले त्यस्तो नगर्न आफुले पहल गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली