2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

चैत ८, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ । 

बेल्डाँडी गाउँपालिका भएपछि गाउँपालिकाबाट हुने सबै काम धमधम हुन थालेका छन् । बेल्डाँडी नपाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो । 

बेल्डाँडी नपाका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ । साविक बेल्डाँडी नपाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र ७ मिलाएर ३ नं, ८ को ४ नं, ९, १० र ११ नं मिलाएर ५ नं वडा बनाइएको छ । बेल्डाँडी गाउँ कार्यपालिकाले पाँचवटै वडाको जिम्मेवारी तोकेको छ । 

वडा नं १ र २ वडाको जिम्मा कमला बडाललाई ३ नंको तेजबहादुर सुनार, ४ र ५ नंको राजबहादुर विष्टलाई जिम्मा दिइएको बेल्डाँडी गाउँपालिकाका नायब सुब्बा राजबहादुर विष्टले जानकारी दिनुभयो । 

यसैगरी, नयाँ पुनःसंचरनाअनुसार देखतभूली गाविस, शङ्करपुर गाविस र वाइसेविचवा गाविसका केही वडा मिलाएर बनाइएको लालझाडी गाउँपालिकाको शङ्करपुरमा कार्यालय तोकी कार्य अगाडि बढाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो