२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पत्रकार महासङ्घ चितवनमा खतिवडा

८ चैत्र २०७३, मंगलवार ०७:१६

चैत ८, चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पत्रकार राधेश्याम खतिवडा निर्वाचित हुनुभएको छ । 

सङ्घको ११औँ अधिवेशनका क्रममा स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष सूर्यप्रकाश कँडेललाई पराजित गर्दै संयुक्त प्यानलका उम्मेदवार खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

खतिवडाले १४५ र प्रतिद्वन्द्वी कँडेलले १९ मत ल्याउनुभयो । यही चैत ५ गते निर्वाचन भए पनि आज महासङ्घले पूर्ण नामावली सार्वजनिक गरेको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन र महासङ्घका तर्फबाट उहाँहरुले उम्मेदवारी दिनुभएको थियो ।

यस्तै, महासङ्घको उपाध्यक्षमा नारायण अधिकारी र शान्ता अधिकारी निर्विरोध हुनुभयो भने सचिवमा ३५ मत ल्याउनुभएका राजु चौधरीलाई हराउँदै तीर्थ नेपाल १३२ मतका साथ निर्वाचित हुनुभयो । पदाधिकारीमा अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएको थियो । 

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले भागबन्डामा उम्मेदवार दिएका थिए । अध्यक्ष र सचिवमा प्रेस चौतारी, खुला उपाध्यक्ष र एक सहसचिवमा प्रेस युनियन तथा महिला उपाध्यक्ष र कोषाध्यक्षमा प्रेस सेन्टरका प्रतिनिधि विजयी भए । 

सहसचिवमा प्रविण दत्त र सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भए । यस्तै, महिला सदस्यमा प्रमिता ढकाल, जनजातितर्फ वविलाल तामाङ, दलिततर्फ अमीर रामुदामु र समाबेसीतर्फ रिता ढकाल भगत निर्विरोध चयन हुनुभयो । 

आठजना कार्यसमिति सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो । प्रतिस्पर्धामा संयुक्त प्यानलबाट उम्मेदवार बनेका आनन्द पोखरेल, उमेश काफ्ले, उर्गेन तामाङ, प्रकाश सिग्देल, प्रस्ताव सुवेदी, राजु थापा, राजु सापकोटा र रुपा बस्नेत निर्वाचित हुनुभयो । तेइसजना केन्द्रीय र ३१ जना प्रदेशका सभासद् निर्विरोध भएका थिए । केन्द्रीय सभासद्मा छजना महिला परेका छन् । 

केन्द्रीय सभासद्मा पुरुषतर्फ अनिल ढकाल, कृष्ण गिरी, चिन्तामणि पौडेल, दीपक आचार्य, दीपेन्द्र बढुवाल, नवराज ढकाल, नारायण ढुङ्गाना, वसन्त पराजुली, रामबाबु सुवेदी, विनोद त्रिपाठी, विनोद खतिवडा, विश्वास पौडेल, शालिग्राम नेपाल, शिशिर सिंखडा, सुरेशचन्द्र अधिकारी, हरिप्रसाद पोखरेल र होमनाथ सापकोटा चयन भए । 

महिलातर्फ केन्द्रीय सभासद्मा इन्दिरा दाहाल, चाँदनी हमाल, प्रतिमा सिलवाल, शारदा पौडेल, सविता श्रेष्ठ र सिर्जना अर्याल सर्वसम्मत चयन भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य