चैत्र ८, नवलपरासी । नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट गैडाकोेट ११ भेडावारी कि ६१ बर्षिया पूर्णकली अधिकारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
अधिकारी मंगलवार बिहान ९ बजेतिर भेडावारी सामुदायीक बनमा घास दाउराको लागि जंगल गएकी थिइन् । सोहि क्रममा बाघको आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । उनको शब स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।