2026-08-17 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आठराईमा ‘महिला हिंसा पीडित राहत कोष’ स्थापना

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका महिलाले हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र न्यायकालागि ‘महिला हिंसा पीडित कोष’ निर्माणको अभियान थालेका छन् । 

हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र पुनःस्थापना तथा न्यायकालागि आवश्यक रकम अभाव हुँदा घरैमा पीडा सहेर बस्नुपर्ने बाध्यता आइपर्ने भन्दै महिला अधिकारकर्मीहरुले हिंसा पीडित कोष खडा गर्न अभियान थालेका हुन् । कोषको सुरुवातमा नै महिलाहरुले करिब दुई लाख रुपैयाँ संकलन गरेका छन् । 

कोषमा झापाको एभरेष्ट बोर्डिङका फाउण्डर कोषराज प्याकुरेलले २५ हजार, देउराली सोसाइटी तेह्रथुमले २० हजार, इवा गाविसले ५० हजार लगायत साविकका सबै गाविस र विभिन्न दाताहरुबाट गरी करिब दुई लाख रुपैयाँ जम्मा भइसकेको आठराई महिला अधिकार मञ्चकी अध्यक्ष देवीमाया भुजेलले बताउनुभयो । 

सो कोषमा जम्मा हुने रकमकालागि १३ प्रतिशत व्याजदरले सक्रान्तिबजारस्थित श्रमकण बचत तथा ऋण सहकारी संस्थामा खाता सन्चालन गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो । 

कोषको ब्याजबाट आठराई क्षेत्रका हिंसामा परेका महिलालाई सहयोग पुग्ने भएको छ । कोषमा सहयोग गर्न इच्छुक सबै समाजसेवी, महिला अधिकारकर्मीहरुमा आग्रह समेत गरिएको मञ्चले जनाएको छ । कोषलाई कसरी परिचालन गर्ने ? भन्ने विषयमा कार्यविधि नै बनाएर कोष परिचालन गरिने महिला अधिकारकर्मी शनिशा भेटुवालले बताउनुभयो । 

‘आर्थिक अभावकै कारण हिंसा पीडित महिला घरैमा अन्याय सहेर बस्न बाध्य हुन्छन्, उहाँले भन्नुभयो, ‘कत्ति पटक त हामीले व्यक्तिगत रुपमा सहयोग गरेका छौँ, अब कोष निर्माणपछि उनीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो लक्ष्य हो ।’

 यहाँका महिलाहरुलाई संगठित हुन तथा कोष निर्माणकालागि जिल्लाको देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले सहजीकरण र सहयोग गरिरहेको छ । सो संस्थाको स्थानीय अधिकार कार्यक्रमको सहयोगमा आठराई क्षेत्रका साविकका सात वटै गाविसमा गाउँ स्तरीय तथा वडा स्तरीय समेत महिला अधिकार मन्च गठन भएका छन् । गाउँमा महिला अधिकार मञ्च गठन भएपछि महिलाहरुका विषयमा बहस, पैरवी र अधिकारका सवालहरुमा छलफल हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट