2026-09-19 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका तेह्र वर्षीय बालक भक्तपुरको इँट्टाभट्टाबाट उद्धार

चैत ९, रोल्पा । भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ । 

नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका मालिकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो ।

बाबु वैदेशिक रोजगारीमा रहेको र आमाले दोस्रो विवाह गरेका कारण कान्छी आमासँग बस्दै आएका उनी कक्षा ६ मा अध्ययन गर्दागर्दै आफ्नै फुपाजुका साथमा भक्तपुर पुगेका थिए । इँट्टाभट्टामा बिहानदेखि बेलुकासम्म काम गरेबापत दैनिक रु एकसय ज्याला पाउने गरेको उनले बताए । 

जिल्ला बालकल्याण समिति भक्तपुरले उद्धार गरेका ती बालकलाई बाल विकास समाज भक्तपुरका कर्मचारी विदुर नेपालले जिल्ला बाल कल्याण समिति, रोल्पाको रोहवरमा बालकका अभिभावकलाई बुझाएको थियो ।

बाबु वैदेशिक रोजगारीमा गएका तथा आमाले दोस्रो विवाह गरेका रोल्पाका अधिकांश बालबालिका तथा सहाराविहीन टुहुरा बालबालिका मजदुरका रुपमा काठमाडाँै र भक्तपुरका विभिन्न इँट्टा कम्पनीमा रहेको बाल अधिकारकर्मी विदुर नेपालले बताउनुभयो । 

जिल्ला बालकल्याण समिति, रोल्पाले विभिन्न क्षेत्रसँग समन्वय गरी हालसम्म रोल्पाका १२ बालबालिकालाई इँट्टाभट्टाबाट फिर्ता गरेको जिल्ला बालकल्याण समिति रोल्पाका कपिलदेव भण्डारीले बताउनुभयो । 

गरिबी र असहज पारिवारिक वातावरणका कारण रोल्पाका अधिकांश बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य भएको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई