Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अस्थायी पुल बन्यो आम्दानीको स्रोत

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ९, भीमदत्तनगर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् । वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल रु २०, साइकल रु १० र प्रतिव्यक्ति रु पाँच रकम तिर्नुपर्ने हुन्छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ ।” पुलका चौकीदार सुन्दर चौधरीले भन्नुभयो–“पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।”

अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ । “पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा पु¥याउन पनि गाह्रो थियो ।” चौधरीले भन्नुभयो–“बर्सातमा पुल रहँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प रहँदैन ।”

पुलबाट दैनिक रु ६ सय देखि नौसयसम्म रकम सङ्कलन हुने गरेको उहाँले बताउनुभयो । “पुनर्वास घटनाका बेला एक दिनमै रु ६ हजार सङ्कलन भयो ।” उहाँले भन्नुभयो–“झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।”

उहाँले सङ्कलन भएको रकम बर्सातपछि नयाँ पुल निर्माणमा खर्च हुने गरेको बताउनुभयो । “गाउँले समूहमा आबद्ध भएर पुल मर्मतसम्भारदेखि रकम सङ्कलनसम्म गर्छौं”, उहाँले भन्नुभयो–“झोलुङ्गे पुल बने यहाँको धेरै समस्या समाधान हुने थिए ।” रासस