चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

९ चैत्र २०७३, बुधबार ०७:४१

चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन । 

तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनुपर्ने वा स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै आएका तिंलावासीले स्थानीय निकाय कार्यान्वयनमा आउँदा तिंलालाई नेचासल्यान गाउँपालिकामा समेटेको भन्दै विरोध गरेका हुन् ।

गत आइतबार नेचासल्यान गाउँपालिकाको कार्यालय उद्घाटन तथा कार्य सुरु गर्न सदरमुकामबाट त्यसतर्फ गएको कर्मचारीको टोलीलाई तिंलावासीले बाटोबाटै नियन्त्रणमा लिई सदरमुकाम नै फिर्ता गरेपछि अहिले नेचसल्यान गाउँपालिकाको सबै काम ठप्प छ । 

तिंला गाविसवासीले सङ्घर्ष समिति गठन गर्दै साबिकको तिंला गाविसको भवनमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखी आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई दूधकुण्ड नगरपालिकामा समेट्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग पूरा नभए सशक्त आन्दोलन गर्ने सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले बताउनुभयो । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले आन्दोलनरत पक्षको माग स्थानीय विकास मन्त्रालयमा जानकारी गराइएको भन्दै नेचासल्यान गाउँपालिकामा चाँडै कर्मचारी पठाएर काम सुरु गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट