सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ ।"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

२५औं विश्व पानी दिवस प्यूठानमा पनि मनाइयो

९ चैत्र २०७३, बुधबार १२:२१


सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ । 

खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ,प्यूठान पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाई परियोचना, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान, पहल कार्यक्रम, र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको संयूक्त आयोजना मा उक्त दिवश मनाइएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  ‘पानी मानव जातीलाई मात्र नभएर सम्पर्ण सजिव बस्तु जिवजन्तुलाई आवश्यक रहेको भन्दै पानीलाई  सवै मिलेर संरक्षण को अभियानमा लाग्नु पर्ने बताउनु भएको छ । 

उहाँले भन्नुभयो ‘नेपाल जलश्रोतको धनि देश हो तर हामीले यहाँका मुलहरुलाई जोगाई राख्न आवश्यक छ ।’ साथै उहाँले प्यूठान जिल्लालाई २०१७ को आन्त्य सम्ममा सरसफाई अभियानलाई समेत पुरा गर्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै, दिवशको अवसरमा वोल्ने बक्ताहरुले पानीको स्रोत लाई सुरक्षित राख्नको लागि वृक्षारोपन गर्नु पर्ने बताएका छन् स्वस्थ्य जिवनयापनको लागि सुद्ध पानीको आवश्यक रहेको समेत बताएका छन् । 

उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको फोकलपर्सन भगवता पोखे्रल, पश्चिम नेपालका वास सल्लाहकार प्रमोद पोख्रेल, गैसरकारी संघका अध्यक्ष रमेश श्रेष्ठ, पत्रकार महासंघक सचिव विजयसिं भारती,पानी परियोजनाका सिता पाण्डे र भास्कर चौधरीको लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्तिथ रहेको थियो ।

कार्यक्रमको अध्यता जिल्ला समन्वय समिति प्यूठानका स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालको रहेको थियो भने । कार्यक्रमको सञ्चालन राम पहाडीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण