Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रअको लापरबाहीले पठन-पाठनमा अवरोध, बिद्यार्थीहरु बिरोधमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १०, नवलपरासी । जिल्लाको पक्लिहवा गा बि स वार्ड न ८ मा रहेको श्री बि पि माध्यमिक बिद्यालयका प्र अ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पाठनमा अवरोध पुगेको छ ।

पठन पाठन अवरोध भएको भन्दै त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बिरोधमा उतरेका छन । प्रअ केवट बिद्यालयको समयमा नआउने र बिद्यालयमा आए पनि १२/१ बजे तिर आउने गरेको र कक्षा कोठा गएर भोजपुरी गित र फिल्महरुको डाइलग सुनाउने गरेको विद्यार्थीहरुले आरोप लगाएका छ्न ।

साथै प्रअ भागवत प्रसाद केवटले बिद्यालयमा आएर पनि  कक्षा कोठामा पढाउन पनि नजाने र अहिले सम्म कुनै विषय पनि नलिएको बिद्यालयका साहायक प्र अ हरिलाल धरिकारले बताउनु भयो ।

बिद्यालयका निजि श्रोतका ७ जना शिक्षकहरु लाई बिधालयमा श्राेत नभएको भन्दै चैत मसान्त देखि बिद्यालयमा श्रोत नहुदा सम्म बेतलबिमा पढाउने भनि बिधालय ब्यवस्थापन समितिले निर्यण गरेपछि बिद्यालयमा फेरि अर्को हलचल आएको छ ।

सो निर्यण पश्चात ७ जना निजि श्रोतका शिक्षकहरुले पढाउन छाडेका छन । बिद्यालय लाई मा बि सम्म संचालन गर्ने त्यहि निजि श्रोतका शिक्षकहरु रहेका थिए । बिधालयमा शिक्षकको कमि भएपछि पढाई पनि नभएको र पुरै घण्टी खाली रहने गरेको कक्षा ९ का छात्र हेमन्त कलवारले बताए ।

बिद्यालयमा उता प्रअको लापरवाहीले बिद्यालयको पठन पाठनमा अवरोध भएको छ भने यता बिद्यालय ब्यवस्थापन समितिको निर्यणले बिधालयनै धरापमा रहेको छ ।