१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

तीन महिने सिप बिकास तालीमको उद्घाटन

११ चैत्र २०७३, शुक्रबार ००:४५

लोकेन्द्र प्रशाद जोशी | चैत्र ११, दार्चुला | दार्चुलाको दुहु गाउँपालीकाको वडा नम्बर १ पिपलचौरीमा तिन महिने हाते होजारी सिप बिकास तालीमको उद्घाटन भएको छ । गरीबि निवारणका लागी लघु उद्यम बिकास तालीम अन्तरगत स्वीटर लगायत हातबाट बुन्न र बनाउन सकिने समानहरुबारे सीप दिन हाते हाजारी तालीमको आयोजना गरीएको रिड्स दार्चुलाका उद्यम बिकास सहजकर्ता पुस्कर बगालले जानकारी दिनुभयो ।

जिल्ला घरेलु तथा साना उद्योग बिकास कार्यालय दार्चुलाको आर्थीक सहयोग र ग्रामिण वातावरण तथा उद्यम बिकास समाज रिड्स दार्चुलाको आयोजनामा तालीमको उद्घाटन भएको हो । साबिकको पिपलचौरी ३ का २४ महिला र १ पुरुषगरी २५ जनाको सहभागीता रहेको छ । सहभागीमध्ये ९ जना दलित समुदायका महिलाहरु रहेका छन ।

साबिकको पिपलचौरी गाबिसका सचिब राजु गुरुङको अध्यक्षतामा बिहिबार उद्घाटन भएको तालीममा साबिकको पिपलचौरी ३ का वडा नागरीक मञ्चका संयोजक माधबी भट्टको प्रमुख आथित्य रहेको थियो । तालीम अवधिभरी तालीमका सहभागीहरुलाइ देबकी बमले प्रशिक्षण गर्ने सहजकर्ता पुस्कर बगालले जानकारी दिनुभयो । तालीममाका सहभागीहरु तालीमपछि जिबिका चलाउन उद्यम गर्न सकिने भन्दै खुसि भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ