३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेपाली नोटबारे नेपाली नै अनविज्ञ, भारतीय नोटको कारोबार हाबि

२० चैत्र २०७२, शनिबार ०२:३३

moneyनरी बडु/चैत्र २०, बैतडी ।
नेपाली बजारमा नेपाली नोटको नै कारोबार हुनु पर्ने भएपनि बैतडीको दुर्गम क्षेत्रमा पर्ने केही गाविसहरुमा भने नेपाली नोटबारे नेपाली नै अनविज्ञ छन् ।

जिल्ला सदरमुकाम देखि तिन दिनको पैदल यात्रमा पर्ने बैतडीको कुलाउ, पञ्चेश्वर, माहाकाली, शर्माली लगायतका गाविसका स्थानियहरुको दैनिक किनवेचनै भारतिय बजारबाट हुने गरेकाले त्यस क्षेत्रको नेपाली बजारमा समेत अहिले भारतिय नोटको मात्र कारोबार हुने गरेको छ ।

प्राय नेपाली नागरीकता र पासपोर्टका लागि मात्रै बैतडी सदरमुकाम पुग्ने त्यस क्षेत्रका स्थानिय दैनिक किनबेचका समानको लागि भने माहाकालीमा डुङ्गाको साहाराले भारतीय बजार जाने गर्दछन् ।

यसरी सरकारी कामबाहेक अन्य कामको लागि भारत नै जानुपर्ने बाध्यता भएकाले पनि आफुहरु नेपाली नोटबार अनविज्ञ रहेको बैतडीको कुलाउका स्थानिय कमली सार्किले बताईन् ।

आफुले किन्नुपर्ने दैनिक उपभोग्यका समाग्रीहरु र आफुले उत्पादन गरेका घिउ, केरा लगायतका अन्य समाग्रीहरुको किनबेच गर्न पनि नेपाली बजार भन्दा भारतिय बजार धेरै नजिक र सस्तो मुल्यमा पनि किन्न सकिने भएकाले आफुहरु भारत जाने गरको सार्किको भनाई छ ।

पहिले बैतडीको दुर्गम क्षेत्रमा पर्ने धेरै गाविसहरुमा भारतिय नोटको मात्रै कारोबार हुने गरेको भएपनि अहिले केही गाविसहरुमा भने नेपाली नोटको समेत कारोबार हुदै आएको छ । भारतिय मुद्रामा मात्रै हिसाब हुने उक्त क्षेत्रका जादा अन्य व्यक्तिहरु अल्मलमा पर्ने गर्दछन् ।

त्यस क्षत्रमा अहिले गा्रहाकले सामान किनीसकेपछि कतिभयो भनि सोधेको प्रतिउत्तरमा विक्रेताले दिएको जवाफ सोरुप नेपाली पैसा दिदा व्यपारी हरुले मान्ने गरेका छैनन्

“चिया खाएर कतिभयो भनी सोध्दा व्यापारीले भन्यो हजुर १० भयो तर नोपाली २० रुपयाँ दिए त व्यारीले मलाई ४ रुपयाँ मात्रै फिर्ता दियो मत अचम्म परे ” सेवा बैतडीका धरणीघर भट्ट भन्छन्  ।

अहिले पाटन पञ्चेश्वर सडक खण्ड मेलौलीमा पुगेका कारण केही नजिक भएकाले मात्रै अलिकती भएपनि त्यहाँका स्थानिय वासि नेपाली नोट चिन्न थालेका छन् ।
त्यस क्षत्रका केहि व्यक्तिहरुमात्रै नेपाल सरकारको जागिर खाने भएपनि प्राय सबै व्यक्तिहरुको रोजगारीको प्रमुख गन्तव्य भनेको भारतका विभिन्न सहरहरुनै रहेका छन् ।

अन्य देशमा भन्दा पनि भारतमा जान सजिलो र कमाईपनि राम्रो हुने भएकाले यहाँका अधिकांस युवाहरु कामको सिलसीलामा भारत जाने गरेको कुलाउ उमाविका प्रधानाध्यपक गोरख बहादुर चन्दले बताए ।

अहिले त्यहाँबाट रोजगारीको सिलसीलामा भारत गएका युवाहरुले कम्तीमा १० हजार भारतिय रुपयाँ देखि मासीक १ लाख सम्म आम्दानि गर्ने गरेको चन्दको भनाई छ ।

उहाँका अनुसार चाउचाउ, रक्सी र चुरोट मात्रै नेपाल बाट माहाकाली सीमा हुदै भारत गएपनि अरु सबै समानहरु भने भारतबाटै निर्यात हुने गर्दछन् ।

जिल्लाको दुर्गममा पर्ने गाविसहरुमा नेपाल सरकारको पहुँच नपुग्दा र स्थानिय युवाहरुको रोजगारीको गन्तव्यनै भारत भएकाले नेपाली नोटको कारोबार हुन नसकेको शिक्षक चन्दले बताए ।

अहिले त्यस क्षेत्रका करीब ८० प्रतिशत युवा जनशक्ति भारतका विभिन्न सहरहरुमा काम गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली