Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

परिक्षा केन्द्र टाढा हुँदा स्वर्गद्धारी आश्रमका बटुकलाई परिक्षा दिन समस्या

२०७३, ११ चैत्र शुक्रबार ०२:२६

शम्सेर विक्रम जिसी/चैत ११, प्यूठान । पहिलो पटक माध्यमिक शिक्षा परिक्षामा सहभागि भएका स्वर्गद्धारी आश्रमका वटुकहरुले परिक्षा केन्द्र आश्रम भन्दा टाढा हुँदा परिक्षा दिनमा समस्या भएको वताएका छन । 

दैनिक रुपमा स्वर्गद्धारी मन्दिरमा नित्यकर्म गरेर अध्ययनका लागि जाने वटुकहरुले परिक्षा केन्द्र आश्रमभन्दा टाढा हुँदा परिक्षा दिनमा पनि समस्या भएको वताएका हुन । हाल अमर मावि भिंगृवाट परिक्षा दिइरहेका वटुकहरुले परिक्षाकेन्द्र आश्रमकै तोकिएके भए सहजहुने समेत वताएका छन । 

हरेक दिन विहान पाठपुजा तथा नित्यकर्म गरि परिक्षा दिन जादा समस्याहुने गरेको भन्दै वटुक जनार्दन अधिकारीले स्वर्गद्धारी आश्रमै परिक्षा दिने ब्यबस्था भएको भए सहजहुने वताउनु भयो । हाल माध्यमिक शिक्षा परिक्षा एसईई दिइरहेका ६ जना वटुकहरु रोल्पाको चर्जुभुज नजिकै बसेर अमर मावि भिगृ परिक्षाकेन्द्रमा परिक्षा दिदै आएका छन । 

वटुकहरुलाई परिक्षामा सहजताका लागि अन्य विद्यार्थिको तुलनामा बिशेष ध्यान दिइएको भन्दै अमर मावि भिंगृका केन्द्रध्यक्ष गणेशप्रसाद शर्माले वटुकहरुको परिक्षामा आफुहरुले सहजिकरण गर्ने गरेको वताउनु भयो । 

संस्कृति भाषामा अध्ययन गर्दै आएका वटुकहरुले पछिल्लो समय बाल मावि स्वर्गद्धारीमा नेपाली भाषामा अन्य बिषयहरुको समेत अध्ययन गर्दै आएका छन । हाल वटुकहरुको खानपान तथा बसोबास अमर मावि भिगृ परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष बासुदेव खनालले गर्दै आउनु भएको छ । 

वटुकहरु प्रत्येक दिन नित्यकर्म सकि ३ किलोमिटर भन्दा धेरै हिडेर परिक्षा दिन जाने गरेको भिंगृवाट हाम्रा समाचारदाता झईन्द्र भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित