चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा स"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलको साधारण सभा

२०७३, ११ चैत्र शुक्रबार १०:३८


चैत ११, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुले उचित व्यवहारिक शिक्षा दिक्षा तथा अवसर पाएमा समाजको जुनसुकै क्षेत्रमा पनि नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्ने भन्दै समान व्यवाहारको  खाँचो रहेको बताएका छन् । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चलको नवौ बार्षिक साधारण सभाको बुटवलमा समुद्घाटन गर्दै उनले कुनै पनि अवसरबाट अपाङ्गता भएका व्याक्तिहरु बञ्चित हन नहुने बताएका थिए । उनले पछिल्लो समयमा स्थानिय निकाय पुर्नसंरचनाको विषयमा अगाडी आएको तर त्यसमा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीताको विषयमा ठोस कमद अगाडी नबढाइएको भन्दै यसको लागि स्थानिय स्तरबाट राजनीतिक दलहरुमा दबाब सृजना गुर्नुपर्ने धारणा राखे । उनले भने–‘स्थानिय  निकायमा पनि अपाङ्गता भएका व्याक्तिहरुको  अनिवार्य सहभागीता जरुरीर रहेको छ, यसमा सबैको पहल आवश्यक छ ।’ 

कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अपाङ्गता भएका व्याक्तिहरुको हक अधिकार सुनिश्चिताको लागि केही पनि कमी नहुने  प्रतिवद्वता जनाएका थिए । उनले अपाङ्गता हुदैमा कोही पनि कमजोर  नहुने भन्दै यसको लागि अपाङ्गता भएका व्याक्तिहरुले हिनता बोध नराखि दृण संकल्पका साथ अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा  क्षेत्रीय अध्यक्ष कल्पना ढकालले महासंघले गर्दै आएका विभिन्न क्रियाकलापहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका  योजना अनुगमन अधिकृत विष्णु प्रसाद ढुंगाना, बुटवल उपमहानरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमण्ी पाण्डे, राष्ट्रिय  अपाङ्ग महासंघका  केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोख्रेल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष  दघिराम खरेल, क्षेत्रीय सचिव सुरेन्द्र खत्री, महिला तथा वालवालकिा कार्यालय रुपन्देहीकीप  प्रखुख मैया गुरुङ्ग लगायतले बालेका थिए । 

कार्यक्रममा  अपाङ्गता अभियान्तको रुपमा आत्मराम पौडेल, परेश्वर ढकाल, मैया लम्साल, प्रकाश पन्त लाई सम्मान गरिएको थियो । 

यस्तै सहयोगी दाताहरु शक्ति प्रसाद सापकोटा, पुष्पा सापकोटा, निखिल चेतना केन्द्र, सौदर्यकला व्यवसायी संघलाई पनि सम्मान गरिएको राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय संयोजक सावित्र घिमिरेले जानकारी दिईन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ