नरी बडु/ चैत्र २०, बैतडी ।
आर्थीक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ ५९ औ राष्ट्रिय सहकारी दिवस आज बैतडीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मनाईने सहकारी दिवस आज बैतडीमा पनि मनाईएको हो ।
सहकारी डिभिजन कार्यालय बैतडी, बैतडी बचत तथा रिण सहकारी संघ र कृषि सहकारी संघको आयोजनामा बैतडीमा जिल्ला स्तरीय बक्तीत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
वक्तित्वकला प्रतियोगितामा वासुदेव उमावि बासुलिङ्गका छात्रा भाधवि भट्ट प्रथम, दशरथ चन्द उमावि सुन्दरखालीकी छात्रा द्वितिय, दानेश्वर उमावि रातामाटाका छात्र राजु भट्ट र मणीलेक उमावि गुरुखोलाकि छात्रा शान्ति भट्टले तृतिय स्थान हात पारेका छन् ।
कार्यक्रममा प्रथम, द्वितिय र तृतिय स्थान हाम हासिल गर्नेलाई प्रमाणपत्र सहित पुरुस्कृत गरीएको छ ।
अहिले जिल्लामा रहेका सहकारीहरुमा दक्ष जनशक्ति को सहभागिता हुन नसकेको र उत्पादनमुखि बस्तुहरुमा ध्यान पुग्न नसकेको डिभिजन सहकारी कार्यालय बैतडीका सहकारी अधिकृत वासुदेव भण्डारीको भनाई छ ।
सहकारीको महत्वपुर्ण पक्ष सो नियन्त्रण र सो नियमन जस्ता कुराहरुमा सहकारीहरुले विनियम, एन नियम र सहकारीले जारी गरेका मापदण्डहरु पालनमा कमी हरेको उहाँको भनाई रहेको छ ।
सहकारी दिवसकै अवसरमा आज स्थानिय राजनितिक दल, विभिन्न सहकारी संग आवद्ध सदस्य तथा पदाधिकारी एवम् विद्यार्थिहरुको उल्लेख्य उपस्थीतिमा साहिलेकबाड गडी बजारसम्म र्याली समेत निकालिएको थियो ।
अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।
तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।