ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा स्थानीय तह निर्वाचनमा एमालेलार्इ जिताउन कमाण्डर परिचालन । को को कहाँ खटिए ? पढ्नुस्

२०७३, ११ चैत्र शुक्रबार १६:०८

ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र सहसंयोजक तोक्ने काम साँतौ पूर्ण बैठकले गरेको छ । एमाले जिल्ला कार्यालयमा भएको पत्रकार सम्मेलनमा गाउँ पालिका संगठन कमिटी र नगरपालिका संगठन कमिटी निर्माण र निर्वाचन परिचालनका लागि कमाण्डर तोक्ने काम भएको एमाले जिल्ला सचिव शंकरबहादुर कट्वालले जानकारी दिए । उनका अनुसार तोकिएका पार्टी कमाण्डरहरुले संगठन विस्तार भेला र संभावित उम्मेदवार कमिटीमा छलफल गरि जिल्ला पार्टीलाई सिफारिस गर्ने पनि जानकारी दिए ।
यस्ता छन् सात गाउँ पालिका र नगरपालिकाका कमाण्डर 
सिद्धिचरण नपा
सिद्धिचरण नगरपालिका सदरमुकाम समेत रहेको नगर हो । सबैभन्दा धेरै मतदाता रहेको नगरपालिकामा पार्टीका नेता मेखबहादुर खड्कालाई संयोजक तोकिएको छ । सह संयोजक रुम्जाटारबाट सोभितमान गुरुङ रहेका छन् । एमालेको संगठन परिचालनमा दुवै जुझारु मानिन्छन् । गुरुङ पार्टी काममा अतिरिक्त व्यवसायमा संलग्न छन् भने खड्का अवकाश प्राप्त निजामति कर्मचारी हुन् ।
चिसंखुगढी गाउँ पालिका
जिल्लाको पूर्वी भेगको यो गाउँ पालिकामा साविकको सात गाविस छन् । यो गाउँपालिकामा एमालेले पुराना कम्यूनिष्ट नेता मेघजंग राईलाई कमाण्डर बनाएको छ । पाका तर जुझारु राई मजदुर आन्दोलनबाट राजनीतिमा आएका पूर्वकै पुराना कम्यूनिष्ट हुन् भने सह संयोजकमा मगर समुदायका भदौरैका भीम बहादुर मगर रहेका छन् । दुवै जना पार्टीमा जिल्ला कमिटीमा सचिवालय सदस्यको भूमिका निर्वाह गरेका छन् ।
खिजीदेम्वा गाउँ पालिका
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँ पालिका जनजाति समुदाय बाहुल्य रहेको क्षेत्र हो । यो गाउा पालिकामा एमालेले पुराना र त्यागी नेता कोपबहादुर सुनुवारलाई तोकेको छ । सह संयोजकमा मेखबहादुर गुरुगं रहेका छन् । दुवै त्यस भेगमा स्थापित र इमान्दार नेताका रुपमा परिचित छन् ।
लिखु गाउँपालिका
लिखु गाउँ पालिकामा एमालेले युवालाई कमाण्डर बनाएको छ । जिल्ला सदस्य रामकुमार अछामीले यसको कमाण्ड सम्हाल्ने छन् । त्यस्तै सह–संयोजकमा शुकबीर तामाङ छन् । दुवै जना एमालेका स्थापित कार्यकर्ता हुन् ।
चम्पादेवी गाउँपालिका
चम्पादेवी गाउँ पालिकामा रञ्जीत धमला तोकिएका छन् भने सह संयोजक पलापुका युवा रविन मगर छन् । जातिगत सन्तुलन मिलाएर एमालेले कमाण्डर तोकेको जनाएको छ ।

मोलुगं गाउँपालिका
यो गाउँ पालिकामा युवा कमाण्डरहरु रहेका छन् । अजूर्न धमला संयोजक रहेका छन् भने हरिकुमार राई सह संयोजक छन् । यो गाउँ पालिका लजविद्युत उत्पादनको प्रचुर संभावना बोकेको मोलुगं खोला रहेको छ । यो गाउँ पालिकाको समृद्धिको आधार कृषि र जलस्रोत रहेको एमालेको ठम्याइ रहेको छ ।
सुनकोशी गाउँपालिका
यो गाउँ पालिकामा पुराना, इमान्दार नेता नरबहादुर कट्वाललाई संयोजक तोकिएको छ । सह संयोजक पञ्चबहदुर तामागं रहेका छन् । दुवै पाका नेता हुन् ।
मानेभञ्ज्याङ गाउँपालिका
यो गाउँ पालिकामा यानबहादुर मगर संयोजक रहेका छन् । सह संयोजक भक्तबहादुर कार्की छ । जनजाति बाहुल्य रहेको यो गाउँ पालिकामा गाउँपालिका मध्यै सबैभन्दा धैरै जनसंख्या रहेको छ ।
एमालेले निर्वाचन परिचालनमा कमाण्डर मात्र तोकेको छैन । सिमानामा भारतीय सुरक्षाफोजले नेपालीको हत्या गरेको, एमालेको अभियानका विरुद्ध  प्रतिकारका घटनाको भत्र्सना गरेको छ । भने सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा होमिन निर्देशन दिएको छ । आगमी निर्वाचन शान्तिर्पूण, धाँधलिरहित र स्वच्छ प्रतिपस्र्धामा गर्न सबै पक्षसँग अपिल गर्दै मतदाताहरुलाई एमालेको सरकारका पालामा आफ्नो गाउँ आफै बनाऔं अभियानले शुरु गरेको विकेन्द्रिकरण अव संघीयतामा रुपान्तरण गर्दै मजबुद बनाउन एमालले जित्नु आवश्यक भएकाले एमालेका उम्मेदवारलाई मतदान गर्न औपचारिक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा