2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सब हुने

सुवास विश्वकर्मा/चैत १२,  पाल्पा । नव वर्ष २०७४ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

स्थानीय स्तरमा हराउँदै गएका लोक, कलासंस्कृतिलाई संरक्षण गर्ने र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जल्पा वडा कार्यालयको सहयोग, जल्पा युवा तथा खेलकुद मञ्च र जनसेवा युवा समुह जल्पाको संयुक्त आयोजनामा महोत्सव हुने भएको हो ।

बैशाख १ गतेदेखि ३ गतेसम्म हुने महोत्सवमा स्थानीय घाटु, मारुनी, कौरा, सालैजो, झाम्रे नाच, भजन कृर्तन, मगरी भेषभुषा कला संस्कृति प्रर्दशन र महिला पुरुष भलिवल तथा तेक्वाण्डोका खेल प्रर्दशन गरिने जल्पा युवा तथा खेलकुद मंचका अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । 

आयोजक समितिले उपसमिति बनाएर महोत्सवको तयारी तीब्र पारेको छ । विष्णु सारुको संयोजकत्वमा साँस्कृतिक तथा स्वयमसेवक समिति, लेखकुमार सारुको संयोजकत्वमा खेलकुद समिति, डोलबहादुर विकको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएर तयारीलाई अगाडि बढाएको सारुले जानकारी दिनुभयो । 

यसैबीच खुल्ला भलिवल खेल प्रतियोगीता समेत रहने छ । खुल्ला पुरुष भलिवल खेलमा प्रथम पुरस्कार २२ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार १० हजार रहने र समुह दर्ता शुल्क २ हजार राखिएको खेल संयोजक लेखकुमार सारुले जानकारी दिनुभयो । महोत्सवको निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई