Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दलित समुदायका युवाहरु गाँउ सरसफाई अभियानमा सक्रिय

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/चैत १२, जुम्ला ।  जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिका २ का दलित समुदायका युवाहरु गाँउ सरसफाई अभियानमा सक्रिय भएका छन् ।

तत्कालिन पारारासी  गाविसको वडा नम्बर ४ का दलित समुदाय गाउँ सरसफाईमा सक्रिय भएका हुन् । गाउँमा आउने पाहुनाहरुलाई  स्वागत गर्ने तथा आफ्नो अहिचान झल्काउने उद्देश्य उनीहरुको रहेको छ । उक्त गाउँमा दलितहरु एकिकृत समुह गठन गरेर विगत २ वर्षदेखी गाउँमा विभिन्न किसिमका क्रियाकलापन संचालन गर्दै आएका छन् ।

समुहका अध्यक्ष सेते नेपालीले पातारासी हिमालको छेउमै रहेको गाउँलाई सरसफाइ युक्त बनाएर सफा सुग्घर बनाईने अभियान संचालन गरेको बताउनुभयो । विहिबार युवा समुहको बैठक बसि गाँउमा जथाभावि फालिएका फोहोर तथा दिशाजन्य फोहोर संकलन गरी सुरक्षित स्थानमा व्यवस्थित गर्ने निर्णय भएको सेते नेपालीको भनाई छ । यस्तै समुहले गाउँमा रहेका कुहिने तथा नकुहिने वस्तु पनि सुरक्षित स्थानमा लिएर सदुपयोग गर्ने निर्णय गरेको छ ।

अध्यक्ष नेपालीका अनुसार स्थानियहरुमा सरसफाईका बारेमा जानकारी दिन अभियानका रुपमा जनचेतनामुलक कार्यक्रम गरीने बताईएको छ । सम्पुर्ण गाउँबासीलाई उक्त कार्यमा सहयोग गर्न पनि युवा समुहले आग्रह गरको छ ।

यसैवीच, आज तत्कालिन पारारासी  गाविसको वडा नम्बर ४ मा गाँउ सरसफाई गरिएको छ । जिल्ला खुल्ला दिशा मुक्त घोषणा भईसकेकोले सम्पुर्णं जुम्लाबासीले अनिर्वाय रुपमा शौचालयमा दिशापिसाप गरी जिल्लाालाई पुर्ण सरसफाई युक्त बनाउन तर्फ सबैकोे भुमिका महत्वपुर्ण रहेको सरोकारवालाले बताएका छन् ।