नरी बडु/ चैत्र २१ बैतडी ।
देश तथा नागरीकको सुरक्षाको चुनौती सामना गर्न समाजको साथ आवश्यक रहेको प्रहरी प्रमुख माहानीरीक्षक उपेन्द्रकान्त अर्यालले बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षा को निरिक्षण गर्ने क्रममा बैतडी पुग्नुभएका प्रहरी माहानिरीक्षक अर्यालले पत्रकारहरुसंग को अन्र्तक्रियामा यस्तो बताउनुभएको हो । कुनै पनि ठाँउमा विकास हुदै जाँदा सुरक्षाका चुनौतिहरुपनि बढ्ने र अपराधिक क्रियाकलापहरुमा बृद्धि हुने भएकाले उक्त चुनौती सामना गर्न प्रहरीलाई समाजको साथ आवश्यक रहेको उहाँको भनाई छ ।
प्रहरी प्रसासन र समाज मिलेर एउटा मजबुद सुरक्षा व्यवस्थापन गर्न सकिने भएकाले प्रहरी र नागरीक बिच सहकार्य हुन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसंगमा प्रमुख अर्यालले बैतडीको शान्ति सुरक्षाका लागि क्रियासील अधिकासं प्रहरी चौकिहरु भाडामा रहेकाले यस्को व्यवस्थापन तर्फ आफुले पहल गर्ने बताउनुभएको छ ।
स्वयम आफै असुरक्षीत भएको व्यक्तिले अर्काको सुरक्षा गर्न नसक्ने भएकाले आउदा दिनमा जोखिमयुक्त अवस्थामा रहेका प्रहरी भवहरु स्थानान्त्रण गरीने र भत्कन लागेका भवनहरु पुननिर्माण गरीने आईजिपि अर्यालले बताउनुभयो ।
बैतडीमा समस्याको रुपमा रहेको आत्माहत्याको लागि पनि सबैले जनचेतना फैलाउन आवश्यक रहेको उहाको भनाई छ । अहिले बैतडीमा आत्माहत्या र जाँडरक्सी सेवन बाहेक अन्य अप्रिय घटना भने भनएको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपि मोहन पोखरेलले बताउनुभयो ।