Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हुरी र असिनाबाट ठूलो क्षति

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, इटहरी । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् ।

ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ भने जङ्गली चराचुरुङ्गीसमेत मरेका छन् । चट्याङ परेसँगै आएको हवाहुरी र असिनाले भित्र्याउनका लागि तयारी अवस्थामा रहेका गहुँ र मकैबाली तथा सुपारीमा धेरै नोक्सानी पुगेको इटहरी–२ का पीडित किसानले बताएका छन् । असिना र हुरीका कारण भएको क्षतिको यर्थात् तथ्याङ्क उपलब्ध नभएपनि लगभग रु। एक करोडभन्दा बढीको क्षति भएको अनुमान छ ।

सुन्दरपुर–४ का पीडित किसान वीरबहादुर पौडेलका अनुसार २०१७ सालमा आएको असिना पानी झैँ यो वर्ष त्योभन्दा बढी असिना आएको र खेतमा भएका फर्सीका लहरा, सुपारी, लिची र आँपको फुल, लसुन, प्याज तथा अन्य तरकारीमा समेत नोक्सानी भएका छन् । गहुँबालीमा ठूलो क्षति भएका छन् ।

यता इटहरी–२ मा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मीसमेत रहनुभएका पवनविवश अधिकारीले जङ्गली चराचुरुङ्गी पनि असिना पानी र हुरीमा परेर ज्यान गुमाएका छन् । हुरीबतास र असिनाका कारण वीरबहादुर सुब्बा, रोशन अधिकारी, कुलबहादुर निरौला र ध्रुव नेपाल लगायतका घरमा पनि ठूलो क्षति पुगेको छ ।

हुरी बतास र असिनाले पु¥याएका क्षतिका बिषयमा जानकारी लिने काम भईरहेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले क्षतिका विवरण प्राप्त भएपछि तत्कालै दैवी प्रकोप उद्धार समितिका बैठक बसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिइने बताउनुुभयो । रासस