2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी प्लस र एचआईभि एड्स महासंघ बिच सम्झौता

बिन्दु चन्द/ चैत्र २१, बैतडी ।
समाजमा एच.आई.भि तथा एड्ससंग संवन्धित जोशिमहरु न्युनिकरण गर्न बैतडी प्लस र राष्ट्रिय एचआईभि एड्स महासंघ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एचआईभि संक्रमितहरुका लागि संक्रमितहरुले सञ्चालन गरेको समुदायमा आधारित हेरचाह केन्द्रको स्थापना र संञ्चालनका लागि नेपाल सरकार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त सम्झौता भएको हो ।

दुबै पक्षले आज जिल्लामा एचआईभिको जोखिम र मृत्यू कम गर्दै एचआईभि संक्रमीतहरुको जिवन गुणस्तरीय बनाउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मासिक कम्तीमा ३ जना नयाँ र ५ जना पुरानो गरी जम्मा ८ जना एचआईभि संक्रमितलाई आवासिय सेवा प्रदान गर्ने, मासिक ३ जना नयाँ र ५ जना पुरानो गरी जम्मा ८ जना एचआईभि संक्रमितलाई परामर्श सेवा प्रदान गर्ने तथा उपचारको लागि सेवाकेन्द्रमा प्रेषण गर्ने लगायतका बुधामा सम्झौता भएको छ ।

एचआईभि संक्रमितहरुको लागि लाञ्छना र भेदभावमुक्त वातावरण निर्माणका साथै संक्रमितहरुप्रति सेवा प्रवाहको प्रभावकारिता अभिबृद्धि गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बैतडी प्लसका अध्यक्ष पदमसिह मौनीले बताउनुभयो ।

साथै आजै एचआईभि संक्रमितहरुलाई स्वक्षमता विकास सम्बन्धि तालिम समेत दिईएको संस्थाका टिम लिडर टम्बर टमाटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई