चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बैज्ञानिक वन व्यवस्थापन हुँदै

१३ चैत्र २०७३, आईतवार ०९:१९


चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार नम्बर प्रदेशको बिनयी गाउँ पालिकामा पर्ने दुम्किीबास स्थित सो बनलाई बैज्ञानीक बन ब्यबस्थापन गर्ने कार्य औपचारिक रुपमा शुभारम्भ गरिएको हो । नेपाल सरकारको बन मन्त्रालयले बनलाई ब्यबस्थीत गरेर उपभोक्तालाई अधिक भन्दा अधिक फाईदा गराउने र बन जंगललाई हराभर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको सहायक बन अधिकृत प्रमोद भटराईले बताउनु भयो । अधिकृत भट्टराईका अनुसार जिल्लामा चार वटा बनमा बैज्ञानिक व्यवस्थापन हुदैै छ । ८० वर्षको कार्ययोजनामा माओ रुखलाई छोडी पुराना ढलापडा रुखहरु कटान गरि नयाँ विरुवा रोप्ने काम यस बनबाट सुरु गरिएको जानकारी दिनु भयो ।

जिल्लामा लागु भएको ८० बर्षे कार्ययोजनाका साथ बैज्ञानिक व्यवस्थापन अन्तर्गत ८ प्लट सालका पुराना ढला पडा रुख काटिने छ भने सीसौंको ४२ बटा, खयर १, गरी ८ सय ३४ फिट, सालका ४ हजार ५ सय ८० फिट र अन्य प्रजाती ३ सय ८४ फिट कटान गर्ने बन समितिका समितका सचिव देबी प्रसाद सुबेदीले जानकारी दिनु भयो ।

सचिव सुबेदीका अनुसार बनमा फायर लाईन निर्माण गर्दा ९४ बटा सालका रुख, अन्य प्रजातीका ३० रुख कटान हुने जानकारी दिदै सबै कटान मुछान गर्दा साल ८ हजार ७ सय ६६ फुट, सीसौ ९ सय ५३ फुट र अन्य प्रजातीको ७ सय ६३ फुट र १४ चट्टा काठदाउरा निस्किने बताउनु भयो ।  

एक सय ८४ हेक्टर क्षेत्रफलमा रहेको यस बनमा बैज्ञानिक बन व्यवस्थापन गर्ने सन्दर्भमा कटान गरि निकालिने काठ र दाउरा स्थानिय उपभोक्ताहरुलाई विक्री वितरण गरिने छ । उपभोक्ताहरुलाई विक्रीवितरण पश्चात बचेका काठदाउराहरु निलाम प्रक्रियामा ल्याईने समितिका सहसचिव सह सचिव पबित्र जिसीले जानकारी दिनु भयो । रुख कटान पश्चात पुनः वृक्षारोपण गरि विरुवाहरु हुर्काउन र हराभरा जंगल बनाउने यस समितीको लक्ष्य रहेको सह–सचिव जिसीले बताउनु भयो ।

जिल्ला बन कार्यालयले गिन्ती गरेर उपभोक्ताहरुलाई ढाला पडा र पुराना रुख कटान गर्ने अनुमती दिएको छ । अनुमती भन्दा बढि रुख कटानी गरे बन ऐन अनुसार कडा कारबाही गरीने कार्यालयले चेतावनी पनि दिएको छ । २०७२ साल मंसीर बाट सरकारले ८० बर्षको कार्ययोजना ल्याएर बैज्ञानीक बन ब्यबस्थापन कार्ययोजना उपभोक्तालाई जिम्मा दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने