पढ्न करिब 1 मिनेट लाग्छ

चैत १३, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।

आलिताल गाउँपालिका ७ चिसापातिका ४२ बर्षका कर्ण बहादुर बोहराले आफ्नी श्रीमति बर्ष ३८ की बेलमति देवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन् ।

शनिबार दिउँसो ३ बजे तिरको समयमा बोहराले श्रीमतिको हत्या गरेपछि आफुले पनि घर नजिकैको रुखमा झुन्डिएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

स्थानीको भनाइ लाई उद्धृत ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले बताए अनुसार श्रीमतिको हत्या गर्ने बोहराको मानसिक सन्तुलन ठिक थिएन् ।

उनका तीन छोरी र एक छोरा रहेका छन् । छोरा रोजगारिको शिलसिलामा दुबईमा छन् ।