३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सामुदायिक बन अतिक्रमणको अभियोगमा २१ दिन देखि थुनामा

२४ भाद्र २०७२, बिहीबार ००:५५

ललित बोहरा । भदौ २४, डडेल्धुरा । डेल्धुराको कोटेली गाबिस वडा नं. ९ को पलेत्थर सामुदायिक बन अतिक्रमण गरेको अभियोगमा १ जनालाई थुनामा राखिएको छ । बन अतिक्रमण गरेको अभियोगमा अर्सुपाका इन्द्रबहादुर बुढाऐरलाई २१ दिन देखि थुनामा राखिएको हो ।

थुनामा राखिएका बुढाऐरकी श्रीमती हिरादेवी बुढाऐरका अनुसार उनले मात्रै बन अतिक्रम गरेको नभई अन्य २९ जना बुढाऐर समुदायका ब्यक्तिहरु पनि वन अतिक्रमण गरि बसेको जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेर गरेका छन् । अतिक्रमणको मुद्धा लगाई बुढाऐर २० दिन देखि प्रहरी हिरासतमा भए पनि जिल्ला बन कार्यालय डडेल्धुराले अतिक्रमण गर्ने अन्य ब्यक्तिहरुमाथि कुनै प्रक्रिया नथालेको भन्दै पक्राउ परेका बुढाऐरका छोरा नर बहादुर बुढाऐरले गुनासो पोखेका छन ।

साथै जिल्ला बन कार्यालय डडेल्धुराबाट अतिक्रमण बारे बुझ्न गएको टोलीले बुधवार स्थलगत अनुगमन नगरी मनोमानी तवरबाट केही ब्यक्तिहरुको आधारमा अन्यले बन अतिक्रमण नगरेको रिर्पोट जिल्ला बन कार्यालयमा पेश भएको नर बहादुर बुढाऐरले बताएका छन । बन कार्यालय डडेल्धुरामा बुझ्दा बन अतिक्रमण भएको र त्यसक्रममा १ जना लाई थुनेको र अन्यलाई पनि प्रक्रिया अनुसार काम कार्वाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा