कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मे"/>

2026-07-25 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रेडियो बुर्तिबाङका रेडियो साथी सम्मानित


कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान गरेको छ ।

मंगलबार रेडियोमा एक कार्यक्रमको आयोजना गरि गत ६ महिनाको अबधिमा रेडियोमा सक्रियातापुर्बक निरन्तर काम गर्ने रेडियो साथी मोहन बुढा मगर र सरिता गोतामेलाई सम्मान गरेको हो । 

रेडियोले स्थानिय स्तरबाट रिपोर्टिङ लगायतका काम गर्नका लागि भिन्न ठाउँमा रेडियो साथीलाई जिम्मेवारी दिएको छ । सम्मानित हुने मोहन बुढा मगर बाडिगाड गाउँपालिकाको दर्लिङ र सरिता गोतामे तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट रेडियो साथीको रुपमा काम गर्दै आएका छन् । 

दुबैजनालाई रेडियोका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले मायाँको चिनो सहित डायरी तथा कलम प्रदान गरि खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो । रेडियो साथी क्लवमा नयाँ सदस्य कुम्बिर विश्वकर्मा र सृजना कुँबरलाई स्वागत पनि गरिएको छ । 

सो अबसरमा भएको रेडियो साथीको भेलाले रेडियो साथी क्लवको पुनर्गठन गरेको छ । अनिलकुमार विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । सहसंयोजकमा विष्णु पौडेल, सचिबमा कुम्बिर विश्वकर्मा, सहसचिबमा कमला खनाल र कोषाध्यक्षमा ईन्द्रलाल रेग्मी रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले सञ्चार क्षेत्र सामाजिक उत्तरदायित्व सहितको पेशा भएको भन्दै सामाजिक समृद्धिलाई सहयोग पु¥याउने खालका सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा स्टेशनम्यानेज कृष्ण कँडेल, कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्मा र रेडियो साथी क्लवका संयोजक अनिल कुमार विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । 

सम्मानित हुनुभएका रेडियो साथी सरिता गोतामेले आगामि दिनमा अझै जिम्मेवार भएका काम गर्ने र पुनगर्ठित रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माले सबैसाथीहरुलाई साक्रिय बनाई सञ्चार क्षेत्रमा अघि बढ्ने प्रतिबद्धाता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माको अध्यक्षता र सदस्य कमला खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक