2026-09-19 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रहरीको भुमिका समाजमा निष्पक्ष, निस्वार्थ, तटस्थ र नागरीक मैत्रि हुनुपर्नेमा जोड

लोकेन्द्र प्रशाद जोशी/चैत १५, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी हवल्दार र प्रहरी जवानहरु लक्षित नागरीक मैत्री सेवा र मानब अधिकार सम्बन्धी बिशेष अनुशिक्षण कार्यक्रमको एक कार्यक्रमका बिच मंगलबार उद्घाटन भएको छ । 

तालिमको उद्घाटन गर्दै जिल्ला न्यायाधिश दुर्गा बहादुर भुसालले प्रहरीको भुमिका समाजमा निष्पक्ष, निस्वार्थ, तटस्थ एब. नागरीक मैत्रि हुनुपर्ने बताउँनुभयो । उहाले न्याय स्वास्र्थले बिग्रीने भन्दै निस्वार्थ भएर जनतालाइ शान्ती सुरक्षा र अमनचयनको अनुभुति हुने बाताबरण शृजना गर्न जोड् दिनुभएको छ । अपराधिक घटनाहरुमा सबैले जित्न नसक्ने भन्दै भुसालले सत्यको पक्षमा जित हुने गरेर कार्य क्षेत्रमा तालिमबाट सिकेका कुराहरु लागु गर्न सक्नुपर्ने धारणा राख्नुभयो । 

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाशुप्रशाद कोइरालाले प्रहरीको अपराध नियन्त्रण गर्न प्रभावकारी अनुसन्धान गर्दै शान्ती सुरक्षा कायम गर्ने उदेश्य भएकोले आफ्नो कर्तब्य नविर्षेर काम गर्न निर्देशन दिनुभएको छ । गाउँघरमा घटिरहेका घटनाहरुलाइ मानब अधिकारको ख्याल गर्दै सत्यको पक्षमा भुमिका निर्बाह गर्न उहाले सुझाउनु भएको हो । प्रहरी नै जिल्लाको सबै क्षेत्रमा सरकारको प्रतिनिधिको रुपमा पुगेको अवस्थामा शिष्टता र नागरीक मैत्रि सेवालाइ कार्यक्षेत्रमा लगाउन उहाले जोड दिनुभएको छ । 

तालीमको उद्घाटन समारोहको समापन गर्दै प्रहरी प्रमुख केदार खनालले नागरीक मैत्री, कार्य मैत्री र मानब अधिकार लगायतका बिषयमा तालिम अवधिभर प्रशिक्षण हुने भन्दै शैद्धान्तीक, ब्यबहारिक र ब्यबसायीक कुराहरु सिकेर कार्य क्षेत्रमा कुशलतामा सुधार गर्न  निर्देशन गर्नुभएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्लाका बिभिन्न इलाका प्रहरी चौकिहरुका १० जना प्रहरी हवल्दार र ३४ जना प्रहरी जवान गरी कुल ४४ जनाको तलीममा सहभागीता रहेको छ । 

उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउँदले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिम चैत्र २० गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई