२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रहरीको भुमिका समाजमा निष्पक्ष, निस्वार्थ, तटस्थ र नागरीक मैत्रि हुनुपर्नेमा जोड

१५ चैत्र २०७३, मंगलवार १२:५५

लोकेन्द्र प्रशाद जोशी/चैत १५, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी हवल्दार र प्रहरी जवानहरु लक्षित नागरीक मैत्री सेवा र मानब अधिकार सम्बन्धी बिशेष अनुशिक्षण कार्यक्रमको एक कार्यक्रमका बिच मंगलबार उद्घाटन भएको छ । 

तालिमको उद्घाटन गर्दै जिल्ला न्यायाधिश दुर्गा बहादुर भुसालले प्रहरीको भुमिका समाजमा निष्पक्ष, निस्वार्थ, तटस्थ एब. नागरीक मैत्रि हुनुपर्ने बताउँनुभयो । उहाले न्याय स्वास्र्थले बिग्रीने भन्दै निस्वार्थ भएर जनतालाइ शान्ती सुरक्षा र अमनचयनको अनुभुति हुने बाताबरण शृजना गर्न जोड् दिनुभएको छ । अपराधिक घटनाहरुमा सबैले जित्न नसक्ने भन्दै भुसालले सत्यको पक्षमा जित हुने गरेर कार्य क्षेत्रमा तालिमबाट सिकेका कुराहरु लागु गर्न सक्नुपर्ने धारणा राख्नुभयो । 

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाशुप्रशाद कोइरालाले प्रहरीको अपराध नियन्त्रण गर्न प्रभावकारी अनुसन्धान गर्दै शान्ती सुरक्षा कायम गर्ने उदेश्य भएकोले आफ्नो कर्तब्य नविर्षेर काम गर्न निर्देशन दिनुभएको छ । गाउँघरमा घटिरहेका घटनाहरुलाइ मानब अधिकारको ख्याल गर्दै सत्यको पक्षमा भुमिका निर्बाह गर्न उहाले सुझाउनु भएको हो । प्रहरी नै जिल्लाको सबै क्षेत्रमा सरकारको प्रतिनिधिको रुपमा पुगेको अवस्थामा शिष्टता र नागरीक मैत्रि सेवालाइ कार्यक्षेत्रमा लगाउन उहाले जोड दिनुभएको छ । 

तालीमको उद्घाटन समारोहको समापन गर्दै प्रहरी प्रमुख केदार खनालले नागरीक मैत्री, कार्य मैत्री र मानब अधिकार लगायतका बिषयमा तालिम अवधिभर प्रशिक्षण हुने भन्दै शैद्धान्तीक, ब्यबहारिक र ब्यबसायीक कुराहरु सिकेर कार्य क्षेत्रमा कुशलतामा सुधार गर्न  निर्देशन गर्नुभएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्लाका बिभिन्न इलाका प्रहरी चौकिहरुका १० जना प्रहरी हवल्दार र ३४ जना प्रहरी जवान गरी कुल ४४ जनाको तलीममा सहभागीता रहेको छ । 

उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउँदले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिम चैत्र २० गतेसम्म सञ्चालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान