लोकेन्द्र प्रशाद जोशी/चैत १५, दार्चुला । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शिशिर कुमार ढुंगाना जिल्ला भ्रमणको क्रममा दार्चुला आउनुभएको छ ।

मंगलबार बझाङ जिल्ला हुँदै दार्चुलाको गोकुलेश्वर पुगेका हुन् । क्षेत्रीय प्रशासक ढुंगानाले चमेलिया जलविद्युत आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै बुधबार खलंगामा कार्यालय प्रमुख सँग बैठक गर्ने जनाइएको छ ।

यसैगरी उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधिश यज्ञप्रसाद बस्यालले मंगलबार जिल्ला अदालत दार्चुलाको निरीक्षण गरि फर्किनुभएको छ ।

सोमबार दार्चुला पुग्नुभएका बस्यालले बिहान अदालतको निरीक्षण आवश्यक निर्देशन गर्दै फर्किएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

सुदूरपश्चिमका क्षेत्रीय प्रशासक दार्चुलामा