२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी वृद्धि

२६ मंसिर २०७२, शनिबार १२:५६

ललित बोहरा/ मंसिर २६, डडेल्धुरा । नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी भईरहेको छ । ईन्धन अभावले ढुवानीमा मुल्य वृद्धि भएको भन्दै डडेल्धुरा जिल्लाका व्यपारीहरुले दैनिक उपभोग्य सामग्रीमा कालोवजारी हुने गरेको पाइएको छ । थोक विक्रेता देखी उद्योगले नै मुल्य वृद्धि गरेका ले आफुहरुले पनि मुल्य वृद्धि गरेको वताउँदै आएका डडेल्धुराका व्यवपारीहरुले अहिले आएर चाउ चाउमा समेत मुल्य वृद्धि गर्ने गरेको पाइएको छ ।

अहिले आएर डडेल्धुराका व्यपारीहरुले चाउ चाउमा समेत कालोवजारी गर्ने गरेका छन् । चाउ चाउको पाकेटमा रु १५ लेखिएको भएपनि जिल्ला सदरमुकाम क्षेत्रका खुद्रा व्यवपारीहरुले २० रुपैंयामा विक्रि गर्ने गरेको पाइएको छ । दामी र वाई वाई चाउ चाउको पाकेटमा १५ रुपैंयाँ लेखिएको भएपनि व्यपारीहरु प्रति पाकेटको २० रुपैंयामा विक्रि गर्ने गरेको उपभोक्ताहरुले वताएका छन् । यी चाउ चाउ त खाली उदहारण मात्रै भएको र वजारमा विक्रि हुने अन्य चाउ चाउमा पनि मुल्य वृद्धि भएको पाइएको छ ।

यति मात्रै नभई वजारमा विक्रि भईरहेका प्रत्येक चाउ चाउमा प्रपित पाकेट ५ रुपैंया वढी लिएर विक्रि गर्ने गरेको उभोक्ता चन्द्र भट्टले वताए । १० रुपैंयाँको चाउ चाउमा पाँच रुपैंयाँ वढीमा विक्र गर्ने गरेको भएपनि सरोकारवाला निकायले भने अनुगमन नगरेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् ।यति मात्रै नभई खाने तेल,सिमेन्ट,चामल,दालमा कालेवजारी हुने गरेको समेत उपभोक्ता भट्टले वताए ।खाने तेलमा दोव्वर मुल्य वृद्धि गरिएको छ भने चाउ चाउ,दाल,चामलमा समेत मुल्य वृद्ध गर्नुका साथै कृतिम अभाव गर्ने गरेको समेत उपभोक्ताहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ