पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/>
2026-09-19 09:53 PM
पर्बत - PBT

बाख्रापालन तथा मौरीपालन तालिम शुरु

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने तालिमबाट महिलाहरुलाई बाख्रा तथा मौरीपालन सम्बन्धी तालिमबाट सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।

जलजला गाउापालिका साविक लेखफाँटक गाविसका १८ जना लाई मौरीपालन तथा पैयूँ गाउँँपालिका साविक टक्लाक गाविसका २० जना महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम दिइन लागिएको महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । 

“नेपालको संविधानले महिलाहरुलाई हरेक क्षेत्रमा अधिकार प्रत्याभूति गरी सोही अनुसार व्यवस्था गरेको छ  तर महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण पनि उनीहरुको नेतृत्व र व्यक्तित्व विकास हुन सकेको छैन । जसका कारण पनि महिलाहरु पछि  परिरहेका छन् । महिलाहरुलाई सीप प्रदान गरी आत्मानिर्भर बनाउँदै नेतृत्व विकासमा टेवा पु¥याउने योजनाका साथ बाख्रा तथा मौरी पालन सम्बन्धी तालिम प्रदान गरेका हौं ।” – महिला विकास निरिक्षक, तारादेवि सुनुवार । 

बाख्रापालन सम्बन्धी तालिमको सहजिकरण जिल्ला पशुसेवा कार्यालयले र मौरी तथा च्याउखेती तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयल गरेको आयोजकले जनाएको छ । 

तालिममा मौरीपालनको महत्व आवश्यक्ता,सम्भावना मौरीको वर्गिकरण, कार्यविभाजन , च्याउको परिचय महत्व सम्भावना च्याउका जातहरु रोग, रोगकिराको व्यवस्थापन , बाख्रापालन को महत्व, जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदि विषहरुको जानकारी दिईने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो