Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दियामा भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १६, बर्दिया । जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयलाई सचेतना जगाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता नारासहित एकदिने भ्रष्टाचारविरुद्धको नागरिक सचेतना कार्यक्रम मंगलबार ठाकुरबाबा नगरपालिका–३, मानपुरमा सम्पन्न भएको छ ।

विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउनेक्रममा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरको आतिथ्य र भ्रष्टाचार विरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । यसअघि बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकामा पनि भ्रष्टाचारविरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ ।

कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले विभिन्न सरकारी कार्यालयहरुमा काम लिएर जाँदा तोकिएको दस्तुरभन्दा बढी पैसा नदिई काम नहुने गरेको र जानाजानी आफूहरुले बाध्य भएर तोकिएकोभन्दा बढी शुल्क तिर्ने गरेको बताउँदै अब भने आफ्नो ठाउँबाट भ्रष्टाचारको विरुद्धमा आफूहरु उभिने बताएका छन् ।

कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष रामकुमार ठाकुरले संविधानमा भ्रष्टाचारलाई बढावा दिनेखालका केही त्रुटीहरु भएको बताउँदै संविधानले पनि भ्रष्टाचारलाई बढावा दिएको र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको बताउनुभयो ।

कार्यक्रममा भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष ठाकुर, जिल्ला कोषाध्यक्ष तुलकुमारी केसी, अभियानका सहभागीहरु केशव योगी, राधा मानन्धर, प्रविनराज श्रेष्ठ, शिवकुमार अधिकारी, हिमालय सहकारी संस्था लिमिटेडका अध्यक्ष घननारायण श्रेष्ठलगायतले आफ्नो विचार राख्नु भएको थियो । रासस