चैत १६, नवलपरासी । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले ५ वटा निजी स्थास्थ्य संस्थामा शिल बन्दी गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, नवलपरासी । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले ५ वटा निजी स्थास्थ्य संस्थामा शिल बन्दी गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसा"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका ५ निजी स्वास्थ्य संस्थामा शिलबन्दी

१६ चैत्र २०७३, बुधबार ०७:४५


चैत १६, नवलपरासी । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले ५ वटा निजी स्थास्थ्य संस्थामा शिल बन्दी गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको संयोजकत्वमा स्वास्थ्य कार्यालयले गरेको स्वास्थ्य संस्थाहरुको अनुगमनबाट मापदण्ड विपरित संचालित ति ५ वटा स्वास्थय संस्थाहरुमा शिल बन्दी गरिएको हो । जिल्लामा बढदो अवैध स्वास्थ्य संस्था नियन्त्रण गर्न अवैधानिक स्वास्थय संस्थाहरुलाई कानुनी दायरामा ल्याउने उद्देशयले यो अनुगमन थालिएको हो ।

स्वास्थय कार्यालयले जिल्लाको मध्यविन्दु र गंैडाकोटका ७ वटा स्वास्थय संस्थामा अनुगनम गरेको थियो । अनुगमन गर्दा अधिकांश स्वस्थ्य संस्थाहरुले फर्मेसीको मात्र अनुमति लिई ओपिडी सेवा, एक्सरे, भिडियो एक्सरे र ल्याब समेत संचालन गरेको पाइएको थियो । स्वास्थ्य कार्यालयले अनुगमन गर्दा मध्यविन्दु ७ चोरमारा स्थित कुमारवर्ति औषधालयले कार्यालयको अनुमति विना संचालन गरेको ओपिडी, एक्सरे, भिडियो एक्सरे र ल्याब कक्षहरुमा शिलबन्दी गरेको छ यद्यपी फर्मेसी दर्ता भएकाले शिलबन्दी गरिएन् ।

त्यस्तै गंैडाकोट १ मिलनचोक स्थित रितिशा हेल्थ क्लिनीकले पनि फर्मेसी दर्ता नै नगरिकन ६ वर्षदेखि संचालन गर्दै आएको क्लिनीकमा कार्यालयले शिलबन्दी गरेको छ । अनुमगन कै क्रममा गंैडाकोट ५ कांग्रेसचोक स्थित जिवन मेडिकलले पनि फर्मेशी दर्ता गराई अवैध रुपमा ओपिडी सेवा संचालन गरेको हुँदा उक्त ओपिडी कक्षमा पनि शिल बन्दी गरिएको छ ।

गंैडाकोट ११ भेँडाबारी स्थित मुकुन्दसेन डेन्टल केयर प्रालीले पनि अनुमति बिना ओपिडी र दान्त लगाउने काम गर्दै आएकोमा उसको डेन्टल केयर पनि शिल बन्दी गरिएको छ भने साविक मुकुन्दरपुर १ बोल्डिहा स्थित सप्तगण्डकी मेडिकल हलले पनि फर्मेसीको मात्र अनुमति लिई ओपिडी, ल्याब र विरामी भर्ना कक्ष संचालन गर्दै आएकोमा उक्त ओपिडी, ल्याब र भर्ना कक्षलाई शिलबन्दी गरिएको छ । स्वास्थय निर्देशिकाको मापदण्ड विपरित रही यि स्वास्थ्य संस्थाहरु क्लिनीक, प्रयोगशाला र एकसरेहरु सेवाहरु संचालन गरेको कारणले यि स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतोले जानकारी दिनु भयो ।  


यसरी मापदण्ड विपरित संचालित ति स्वास्थ्य संस्थाहरुमा शिलबन्दी गरि १५ दिनको अल्टिमेटम दिइएको छ । १५ दिन भित्र स्वास्थ्य संस्थाको दर्ता, क्लिनीक, प्रयोगशाला, एकसरेहरुको अनुमतिका लागि सम्पुर्ण आवश्यक कागजातहरु लिएर स्वास्थय कार्यालयमा आई स्वास्थय ऐन अनुसारको जरिवाना तिरी शिलबन्दी खुलाउन सकिने सहुलियत दिइएको छ  यदि तोकिएको समयभित्र आवश्यक कागजात लिई अनुमतिको प्रकृयामा आइएन भने सो क्लिनीक र प्रयोगशालाहरु सधंैका लागि बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताउनु भयो ।  

जिल्ला स्वास्थ्य कार्यालयकोे क्षेत्र अधिकार भित्र २५ सैयाका स्वास्थ्य संस्थाहरु पर्दछन् जुन अहिले जिल्लामा ३९ वटा निजी स्वास्थ्य संस्थाहरु अनुमति प्राप्त भई नियमित रुपमा संचालित छन् । कार्यालयको तथ्याङ्क अनुसार ६ वटा पुराना र यहि फागुन मसान्तसम्ममा २७ वटा नयाँ स्वास्थ्य संस्थाहरु अनुमति प्राप्त गरे, अरु ६ वटा नविकरण भएको निजी स्वास्थ्य संस्थाका फोकल प्रसन हेल्थ असिस्टेन्ट अमृत कण्डेलले जानकारी दिनु भयो ।

 अनुमति लिएका र नविकरण भएका स्वास्थ्य संस्थाहरुबाट १६ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जिल्लामा सयांैका संख्यामा निजी स्वास्थ्य संस्थाहरु छन् तर ६० प्रतिशत भन्दा बढि स्वास्थ्य संस्थाहरु फर्मेसीको आडमा कार्यालयको अनुमति विना विभिन्न सेवा प्रदान गर्दै आएको कार्यालयको अनुमान छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने