चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावलाई लक्षित गरी सीमामा उच्च सतर्कता

१६ चैत्र २०७३, बुधबार ०८:५५


चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो ।

त्यस क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरीले व्यापक रुपमा गस्ती, चेकजाँच र पेट्रोलिङ गर्ने काम सुरु गरिएको मध्यमाञ्चलका सशस्त्र प्रहरी नायब महानीरिक्षक नरेन्द्रकुमार सिंहले बताए ।

‘सरकारले घोषणा गरेको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि मध्यमाञ्चलका १६ जिल्लाका सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीका युनिटलाई चनाखो भएर स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन निर्देशनसमेत दिएको छु ।’

नायब महानीरिक्षक सिंहले निर्वाचन शान्तिपूर्ण बनाउने सवालमा धेरै चुनौती रहे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमावर्ती क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको बताए ।

यस्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सा, बाराका सशस्त्र प्रहरी उपरीक्षकद्वय रवीन्द्रकुमार ठाकुर र कुमार न्यौपानेले स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरी संयुक्त गस्ती सुरु गरेको बताए ।

निर्वाचनको समयमा सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक घटनाप्रति सशस्त्र प्रहरी अहिलेदेखि उच्च सतर्कता अपनाएको र नेपाल–भारतबीचको खुला सीमाले निर्वाचनमा पार्ने प्रभाव मूल्याङ्कन गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य