ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा एक जना पक्राउ

१६ चैत्र २०७३, बुधबार १६:५८

ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय जित राज अवस्थी लाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

अवस्थीलाई घरबाट नै भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ परेका अवस्थिले लुकाई छिपाई राखेको अवस्थामा बिशेष सूचनाका आधारमा प्रहरीले घरबाटै बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

ईजाजत बिना घरमा आफु सुत्ने कोठाको दाराजमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक कुवेर बहादुर चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका अवस्थी माथि हातहतियार खरखजना अन्तरगत मुद्धा दर्ता गरि सकेको समेत प्रहरी निरिक्षक चन्दले जानकारी दिएका छन् । अवैध हतियार बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो