२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यातायात व्यवसायीले मनोमानी दोब्बर चौब्बर भाडा असुल्दै

८ मंसिर २०७२, मंगलवार ०७:०५

करन ताम्राकार, मंंसीर ८, डडेल्धुरा । डडेल्धुराबाट संचालन हुदै आएका सार्वजनिक यातायातका सवारी साधनले मनोमानी रुपमा चर्काे दोब्बर र चौबर भाडा असुल्दै आएका छन् ।

भारतले लगाएको अघोषित नाका बन्दीले गर्दा सुदूरपश्चिमका जिल्ला लगायत डडेल्धुरा जिल्लामा ईन्धन अभावका कारण डडेल्धुरा जिल्लाबाट संचालन हुदै आएका लामो र छोटो दूरीक सवारी साधनहरुले मोमानी रुपमा भाडा दर रेट भन्दा दुई गुण देखि चार गुण सम्म भाडा असुल्दै आएका यात्रु हरुको भनाई छ ।

नेपाली हरुको दास्रो ठूलो चाड दीपावली सकिए पछि गन्तव्य स्थानमा पुन्ने यात्रुहरुले तोकीएको भाडा भन्दा चार गुण बढी तिर्नुु पर्ेको अमरगढी नगरपालिका ,७ तिलाडीकी ईन्दिरा ताम्राकारले बताईन् उनले भनिन्न डडेल्धुरा सदरमुकाम बाट ८० रुपैयाँ भाडा रहेको कोराल खोला सम्मको प्रति व्यक्ति ४ सय तिर्नु परेको बताईन ।

उनले भनिन् गडीबालले डिजेल प्रति लिटर २ सयको दरले किन्नु परेकाले चार सय लिएको बताउँदै आएको त्यसैले चार गुणा बढी भाडा तिर्नुु पर्ने बाध्यता रहेको उनले बताईन् ।

यस्तै डडेल्धुरा जिल्लाबाट तीन सय भाडा लाग्ने जोगबुढा क्षेत्रको १ हजार तिरेर सदरमुकाम आईएको जोगबुढाका टिका भाटले बताए । तर यता डडेल्धुराबाट २ सय ओटा गाढी संचालन गर्दै ,आहिरहेको उग्रतारा सार्वजनिक यातायात ब्यवसायी समितिले भने तोकिएको भाडा भन्दा बढी रकम असुल्ने सवारी साधनलाई निगरानीमा राखिएको र सावारी साधनले तोकीएको भाडा भन्दा बढी भाडा नलिएको दाबी गर्दछन् । कसै सवारी साधनले बढी भाडा लिएको खण्डमा कारर्वाहि गरिने बताउदै आएको छ ।

यस्तै यात्रुहरुको मार्कालाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय डडेल्धुरले टा«फिक प्रहरीलाई खटाएको छ । बढी भालिने सवारी साधनलाई चेक जाँच गरि कारवाहि गर्न जिम्मा पाएको डडेल्धराले ट्राफिक प्रहरीले यात्रुको भाडा समेत आफ्नो निगरानीमा राखि टिकट काट्ने गर्दै आएका छन् ।

तर पनि सावरी साधनमा बढ्रदै गएको मनोमानी भाडा भने नियन्त्रण नआएको यात्रुहरुको गुनासो छ । प्रहरी र व्यवसायीहरुको आँखा छल्दै सवारीसाधनले मनपरी भाडा असुल्दै आएका छन् । तर प्रशासनले सक्रियता नदेखाएका कारणले सर्वसधारणले मार्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह