२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अपाङ्गताले छेकेन भागीरामलाई

१८ चैत्र २०७३, शुक्रबार ०८:३३

चैत १८, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आउनुभएको छ । 

विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिनुभएका उहाँले दैनिक रु एक हजार बढी कमाइ गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै पक्षघातका कारण उहाँको कम्मरमुनिको भाग नचल्ने भएकाले परिवारका सदस्यले पसल खोली दिने र बन्द गर्ने कार्यमा सघाउने गरेका छन् । 

पसलमा बसेर चौधरीले ग्राहकका मोटरमा क्वाइल भर्ने, पङ्खा मर्मत गर्ने, रन्दा, हिटिङ मेसिन, गिजर, ड्रिल मेसिन र कटर मेसिन मर्मतको कार्य सहज तरिकाले गर्दै आउनुभएको छ । 

इमान्दारीपूर्वक ग्राहकले मर्मतका लागि ल्याएका विद्युतीय मेसिन मर्मत गरी तोकिएकै समयमा दिने भएकाले ग्राहकको मन जित्न उहाँ सफल हुनुभएको छ । विद्युतीय सामग्री मर्मत गर्ने

तालिम नलिएको भए घरभित्रकै खटिमा रहने थिए भागीरामले भन्नुभयो, “तालिम लिएर काम गर्न थालेपछि परिवारको दैनिक खर्च धान्दै आएको छु ।” 

मुक्तकमैया परिवारका उहाँले आठ जनाको परिवारका लागि आवश्यक पर्ने खाद्य सामग्री, लत्ताकपडा र विद्युत् महसुलको लागि कमाइको पैसा खर्चिदै आउनुभएको छ । 

सपाङ्ग रहेका अरु छोराले दैनिक मजदुरी गरेर रु ३०० जति कमाइ गर्छन् भागीरामका बुबा धनिराम चौधरीले भन्नुभयो, “तर माइलो भागीराम अपाङ्ग भए पनि सबैभन्दा बढी कमाइ गर्न सक्षम छ ।” 

छोरा अपाङ्ग भएकाले बूढेसकालसम्म जेनतेन खर्च गरी स्याहारसुसार गरौँला त्यसपछिको भविष्य के होला भनेर चिन्तित थियौँ धनीरामले भन्नुभयो, “अपाङ्ग भए पनि छोराले स्वरोजगार भएर सपाङ्गभन्दा बढी कमाइ गरेर परिवार पाल्न थालेपछि सबै चिन्ता हटेर गएको छ ।” 

तालिमपश्चात् झलारी बजारमा अन्य व्यक्तिको पसलमा काम गरी कमाएको रु ७० हजार खर्चेर भागीरामले आफ्नै पसल सञ्चालन गर्नुभएको हो । उहाँको पसलमा दैनिक ग्राहको भीड लाग्ने गरेको छ । 

सधैँ बेफुसर्दिलो हुने भागीरामले कमाएमध्ये बचत गरेको रु ८० हजार उसकै बिहेका लागि खर्च गर्ने योजना बनाइएको आमा गुलियादेवी चौधरीले बताउनुभयो । 

काम गरी खाने भएपछि बिहेका लागि धेरै प्रस्ताव आएका छन् उहाँले भन्नुभयो, “घर सुहाउने बुहारी छनोटमा लागेका छौँ ।” भागीराम भन्नुहुन्छ, “अपाङ्ग छ भन्दैमा समाजबाट अपहेलित भएर बस्नु पर्दैन, सक्दो सिप सिकेर समाजका लागि प्रेरणाको स्रोत बनेर देखाउनु पर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो